नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत आज बन्दसत्र सुरु हुँदैछ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बझाङी भाषा
भीरकोटमा करेन्ट लागेर गम्भीर घाइते भएका मनि खनाललाई नगरपालिकाले उपचार खर्च दिने भएको छ ।
उत्तरी गोरखाको धार्चे गाउँपालिका अन्तर्गत उहियामा अवस्थित निस्राङ छहोताल धार्मिक तथा पर्यटकीय रूपले निकै महìवपूर्ण आकर्षणको केन्द्र बन्न थालेको छ । उच्च हिमाली भेगको अवस्थित यो ताल प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र जनविश्वासको अदभूत सङ्गमका रूपमा पछिल्ला दिनमा विकसित हुन थालेको छ ।
कालीगण्डकी गाउँपालिकाले तीन सन्तान जन्माउने परिवारलाई मासिक चार हजार रुपियाँ आर्थिक सहायता दिने भएको छ । जनसङ्ख्याको घट्दो दरलाई रोक्ने, परिवारलाई सन्तानप्रतिको सकारात्मक प्रेरणा दिने तथा दीर्घकालीन जनसङ्ख्या सन्तुलनमा राख्ने तथा पोषणमैत्री स्थानीय शासन कार्यान्वयनको उद्देश्यले यस गाउँपालिकाले तीन सन्तान जन्माउने परिवारलाई मासिक चार हजार रुपियाँ दिने निर्णय गरेको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति गुल्मीको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ।
तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको बसको आज पनि उत्खनन गरिने भएको छ ।
लुम्बिनी प्रदेशकी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री सीता शर्मा चौधरीले थारू कला, संस्कृतिको संरक्षण, संवर्धन गर्दै नयाँ पुस्तामा पुस्तान्तरण गर्न जरुरी रहेको बताउनुभएको छ ।
त्रिशूली नदीमा गाडिएको अवस्थामा बस देखेपछि प्रहरीले खोतल्ने काम गरेको छ । १८ महिनाअगाडि चितवनको मुग्लिङ–नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालबाट पहिरोले दुई वटा बस नदीमा खसालेर बेपत्ता बनाएको थियो ।
सल्यानमा एकजना प्रहरी हवल्दार मृत फेला पर्नुभएको छ ।
आधारभूत अस्पतालमा आवश्यक जनशक्तिको अभाव हुँदा स्थानीय नागरिक सेवा लिन सदरमुकामका अस्पतालमा धाउनुपर्ने बाध्यता दोहोरिएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्ज सहज तरिकाले बाघ देख्न सकिने ठाउँका रूपमा प्रख्यात मानिन्छ । निकुञ्जमा पाटेबाघसँगै विश्वमा दुर्लभ मानिएका एकसिङे गैँडा, हात्ती र बाघको आहार प्रजाति चित्तल, हरिण र भालुलगायत वन्यजन्तुको वासस्थान मानिन्छ ।
बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत राप्तीसोनारी गाउँपालिका–१, कुसुमस्थित सौरी क्षेत्रमा मानिसलाई आक्रमण गरेर ज्यान लिने बाघको खोजी तीव्र पारिएको छ । गत शनिबार गाई चराउन जङ्गल गएका सौरी निवासी ६२ वर्षीय मरीचमान भण्डारीमाथि बाघले आक्रमण गर्दा उहाँको मृत्यु भएपछि स्थानीयवासी त्रसित बनेका छन् ।
टीकापुर प्राविधिक विश्वविद्यालय स्थापनाको काम छिटो हुनुपर्नेमा विज्ञले जोड दिएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेटमा टीकापुरमा विज्ञान तथा प्रविधि विश्वविद्यालय खोल्ने घोषणा गरेको थियो । त्यसका लागि चालु आवमा लागि पाँच करोड ५० लाख रुपियाँ विनियोजन गरिएको छ ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा ‘ड्रिम प्रोजेक्ट’ भेरी लिफ्ट खानेपानी आयोजनाको काम धमाधम भइरहेको छ । आयोजनाले सबैखाले कानुनी अड्चन पूरा गरेसँगै पहिलो चरणको कामले गति लिएको हो ।