रमेश विश्वकर्मा
गुल्मी, पुस २८ गते। राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति गुल्मीको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । जिल्लाको सदरमुकाम तम्घासमा सम्पन्न आठौं जिल्ला अधिवेशनबाट अध्यक्षमा त्रिविक्रम चन्द सर्वसम्मत निर्वाचित हुनुभयो।
अधिवेशनबाट चन्दको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। जसको उपाध्यक्षमा ठाकुर प्रसाद पाण्डे, मान बहादुर बस्नेत र राधिका पाण्डे निर्वाचित हुनुभएको छ।
सचिवमा धनिश्वर पन्थी, सहसचिवमा विष्णु विक्रम पाण्डे, जिवन राना र प्रवक्तामा जनक राना सर्वसम्मत निर्वाचित हुनुभयो।
समितिका सदस्यमा हरिप्रसाद पाण्डे, गणेश पाण्डे, विष्णु न्यौपाने, चतुर्भुज विक, पोम बहादुर खत्री, दुर्गा परियार, बासु घिमिरे, जित बहादुर गौतम, चुरा बहादुर थापा, लिला सेन, विष्णा बस्नेत, हुम बहादुर खड्का र सम्झना कार्की जिसी निर्वाचित हुनुभयो।
त्यसअवसरमा बोल्ने वक्ताहरूले जिल्लामा पार्टी सङ्गठनलाई बलियो बनाउन योजनावद्ध कार्यक्रम आवश्यक रहेको धारणा राखेका थिए।
निवर्तमान अध्यक्ष अनिल कक्षपतिको अध्यक्षता भएको अधिवेशनमा पार्टीका केन्द्रीय सदस्य भरत चन्दको प्रमुख आतिथ्यता, केन्द्रीय सदस्य युवराज घिमिरेलगायतको आतिथ्यता रहेको थियो।
केन्द्रीय सदस्य चन्दले पार्टीको नीतिलाई आम नागरिकसम्म पुर्याउन जरुरी रहको बताउनुभयो।