सप्तरीमा निर्वाचन प्रहरीमा आवेदन दिनेहरुको घुइँचो लागेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका प्रहरीमा भर्ना हुन आवेदन दिनेको घुईंचो लागेको हो ।
काभ्रेपलाञ्चोकमा निर्माण भइरहेको जनमुक्ति मार्गलाई तीव्र गतिमा अगाडि बढाएको छ ।
बाजुरामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक हजार साठी जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ ।
पश्चिम नेपालका तीनवटा प्रदेशका विभिन्न जिल्लाको निर्वाचन अधिकृतहरुका लागि ‘निर्वाचन सञ्चालन तथा व्यवस्थापन अभिमुखीकरण’ कार्यक्रम सोमवारदेखि नेपालगन्जमा सुरु भएको छ ।
बढ्दो चिसो र शीतलहरलाई दृष्टिगत गर्दै पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले स्थानीय बासिन्दाका लागि गाउँ–गाउँमा आगो ताप्न दाउरा वितरण गरेको छ
बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति र संस्कृतिबाट अनुशासित, कर्मठ र देशभक्त युवा जनशक्ति उत्पादनमा सेनाको व्यवस्थापनामा भइरहेको राष्ट्रिय सेवा दल (एनसिसी)बाट दिइने तालिम बढाउन र विस्तार गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।
मोटरेबल पुल निर्माणको माग गर्दै दरवाङ-म्याग्दीखोला जलविद्युत् आयोजना बिहिबारदेखि बन्द गरेपछि समस्या समाधानका लागि सरोकारवाला निकायबिच सहजीकरण थालिएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रौतहटमा तीन हजार ५२७ जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ ।
गुल्मीको धुर्कोट गाउँपालिकामा आयोजना गरिएको आठौँ राष्ट्रपति रनिङशील प्रतियोगिताको उपाधि इन्दिरा माविले जितेको छ ।
अत्याधिक चिसोका कारण सुनसान बन्दै गएको मुस्ताङमा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन प्रहरीको भर्ना खुलेपछि आवेदन दिनेको भिड लागेको छ ।
अपाङ्गता भएका बालबालिका, भाषिक तथा सांस्कृतिक विविधता भएका विद्यार्थी तथा सामाजिक रूपमा पछाडि पारिएका समुदायका बालबालिकालाई समावेशी शिक्षामा समेट्न सकिने व्यवहारिक उपायबारे सरोकारवाला पक्षबीच इटहरीमा छलफल गरिएको छ ।
हेटौँडाको राप्ती खोलामा डुबेर एक महिला मृत अवस्थामा फेला परेकी छन् ।
अत्याधिक चिसोका कारण मुस्ताङको घरपझोङ गाउँपालिका–५,मा अवस्थित आकर्षक र नयाँ पर्यटकीय गन्तव्यको रुपमा स्थापित क्षमा ताल जमेर बरफ भएको छ ।
बिरुवा गाउँपालिकाले विद्यार्थीलाई दिवा खाजामा प्रतिविद्यार्थी प्रतिदिन पाँच रुपियाँका दरले अनुदान उपलब्ध गराएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित दराई भाषा