शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अनिल पराजुली
हेटौँडा, पुस २८ गते ।हेटौँडाको राप्ती खोलामा डुबेर एक महिला मृत अवस्थामा फेला परेकी छन् ।
हेटौँडा उपमहानगरपालिका–१२, भोर्लेस्थित सुत्केरी खान माइती आउनुभएकी काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–८ घर हुनुभएकी ३७ वर्षीया मिलन स्याङ्तान मृत अवस्थामा फेला पर्नुभएको हो ।
एक महिनाको शिशु छोडी माइतीघरबाट निस्किएपछि स्याङ्तान सम्पर्कविहीन हुनुभएको थियो ।
खोजतलासको क्रममा आइतबार दिउँसो माइतीघरबाट करिब तीन किलोमिटर पश्चिमतर्फ आपधाप नजिकै राप्ती खोलामा डुबेको अवस्थामा उहाँको शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।
हेटौँडा अस्पतालमा पोष्टमार्टम पश्चात् मृतकको शव जेठाजु चिजबहादुर तामाङले बुझ्नुभएको प्रहरीले जनाएको छ ।