दसैँ लगायत प्रमुख चाडपर्व लक्षित गरि महोत्तरीको विभिन्न ठाँउमा सोमवार (आज) देखि यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ ।
बाजुराको पूर्वी उत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिका-१ बाहुनीका प्याजले मूल्य नपाउँदा गाउँमै थन्किएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको रणनीति तय गर्नका लागि भोलि मङ्गलबार बिहान केन्द्रीय समितिको बैठक डाकेको छ ।
नवरात्र (बडा दसैँ)को पहिलो दिन घटस्थापनाका अवसरमा बागलुङको प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ ।
कैलाली कारागारबाट फरार भएका २९३ कैदीबन्दी कारागार फर्केका छन् । जेनजी आन्दोलनको क्रममा भदौ २४ गते भागेका उनीहरु फर्कनेक्रम जारी रहेको कारागार प्रशासनले जानकारी दिएको छ ।
नेपालगञ्जको भेरी अस्पतालमा स्वास्थ्य बिमा बोर्डले पठाउनुपर्ने भुक्तानी समयमा नपठाउँदा सेवा प्रवाहमा समस्या आउने भएको छ ।
वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको दुई महिनामा एक खर्ब ४६ अर्ब ६४ करोड मूल्य बराबरका वस्तु तथा सामान भित्रिएका छन् । गत आर्थिक वर्षको दुई महिनाको तुलनामा चालु आर्थिक वर्षमा यो नाका हुँदै २० प्रतिशत बढी समान भित्रिएका हुन् ।
जिल्लामा शान्ति सुव्यवस्था सामान्य हुँदै गएको भन्दै जिल्ला प्रशासन कार्यालय रौतहटले गौर नगरपालिकामा लागू गरेको निषेधाज्ञा हटाएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरले सोमबारबाट चाडपर्व लक्षित सुरक्षा योजना लागू गरेको छ । दसैँ, तिहार, छठ पर्वलगायतका चाडपर्व लक्षित सुरक्षा योजना जसअन्तर्गत आजदेखि यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।
सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज सुन प्रतितोला रू दुई लाख १७ हजार ८०० मा खरिद बिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार प्रतितोला रू दुई लाख १७ हजार १०० मा खरिदबिक्री भएकोमा आज रू सात सय बढेको हो ।
देशका विभिन्न सहरमा दशैंतिहार लक्षित सुपथ मूल्यका पसल सञ्चालनमा आए पनि लमजुङमा भने सञ्चालनमा आउन सकेको छैन ।
नेपालको ऐतिहासिक शक्तिपिठ गोरखा दरबारमा रहेको गोरखाकाली, र गोरखानाथमा जमरा राखिएको छ ।
सेनकालीन राजाको इतिहाससँग जोडिएको बुटवलको मणिमुकुन्द सेन उद्यानमा एक वर्षमै पाँच लाख ४७ हजार पर्यटकले भ्रमण गरेका छन् । आर्थिक वर्ष २०८१/८२ मा पाँच लाख ४७ हजार पर्यटकले
विराटनगर महानगरपालिकाले आइतबारदेखि सेवा प्रवाह सुचारु गरेको छ । महानगरबाट प्रवाह हुँदै आएका सेवामध्ये निश्चित सेवालाई सुचारु गरिएको र व्रmमशः थप सेवा सञ्चालन गर्दै लैजाने तयारी महानगरपालिकाको छ ।
गुल्मीमा चाडपर्व नजिक आउँदा पनि बजार अनुगमनको अवस्था भने शून्य छ ।