धरान उपमहानगरपालिकाको तत्कालीन धरान नगर पञ्चायतका पूर्व प्रधानपञ्च, पूर्व सञ्चार सहायकमन्त्री कृष्णकुमार राईको निधन भएको छ ।
काठमाडौं महानगरपालिका–१३, गैरीगाउँस्थित सडकमा भएको मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ ।
इरानमा जारी सरकारविरोधी प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा ५४४ पुगेको मानव अधिकार कार्यकर्ताले बताएका छन् ।
रेसुङ्गा नगरपालिकाको फोर्टिन स्टार युवा क्लबले प्रत्येक वर्ष सदरमुकाम तम्घासको चिदिचौर खेल मैदानमा जिल्ला स्तरीय छात्र फुटबल प्रतियोगिता सञ्चालन गर्थ्याे।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्ति सुरक्षाको कारणले निर्वाचन प्रभावित नहुने बताउनुभएको छ ।
धनकुटाको साँगुरीगढी गाउँपालिका–६, भेडेटार चोकमा प्रहरीले ठुलो परिमाणमा लागु औषध गाजासहित एम्बुलेन्स नियन्त्रणमा लिएको छ।
समुद्री सतहदेखि करिब २ हजार ६२९ मिटर उचाइमा अवस्थित मुस्ताङको थासाङ गाउँपालिका–५ मा स्थित टिटी तालमा पर्यटकको चहलपहल ।
नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित विशेष महाधिवेशनको बन्दसत्रले ‘नेपाली कांग्रेस विशेष केन्द्रीय महाधिवेशन कार्यविधि-२०८२’ पारित गरेको छ ।
काठमाडौँ महानगरपालिकाले समुदायमा रहेका कुकुरहरूको सङ्ख्या व्यवस्थापन तथा रेबिज नियन्त्रणका लागि सञ्चालन गरेको बन्ध्याकरण तथा खोप कार्यक्रमअन्तर्गत हालसम्म २८ वटा वडामा ५ हजार ४४ वटा कुकुरको बन्ध्याकरण गरिएको छ ।
मुस्ताङको घरपझोङ गाउँपालिका-५ स्थित समुद्री सतह देखि ३ हजार ४५० मिटर उचाइमा अवस्थित छोमाछो 'आमा' ताल र पृष्ठभूमिमा निलगिरि हिमाल ।
गोरखापत्र संस्थानका पूर्व अध्यक्ष तथा महाप्रबन्धक, वरिष्ठ पत्रकार होमनाथ दाहालको निधनप्रति गोरखापत्र संस्थानले गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।
नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधर समूहको आयोजनामा केहीबेर अगाडि सुरु भएको बन्दसत्रले ‘नेपाली कांग्रेस विशेष केन्द्रीय महाधिवेशन कार्यविधि –२०८२’ पारित गरेको छ ।
बढ्दो सवारी दूर्घटना न्यूनीकरण सचेतनाका लागि बास नेपालले नेपालगन्जमा आयोजित स्लो वाइक प्रतियोगिताको छैठौं संस्करणको उपाधि शिशिर सुबेदीले हात पार्नुभएको छ ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीलाई एकताबद्ध गरेर लैजानका लागि आफू प्रतिबद्ध रहेको बताउनु भएको छ ।
बन्दसत्रको सुरुवातमा विशेष महाधिवेशन कार्यविधि, २०८२ पारित गरिएको छ । जसले पार्टीको नीति, विधान संशोधन र सम्भवतः नेतृत्व चयनको बाटो खोल्ने अपेक्षा गरिएको छ । महाधिवेशनमा सहभागी प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया जारी रहेको छ ।