छयालिस घण्टा अवरुद्ध सडक आज साँझ सञ्चालनमा आए पनि जोखिम कम गर्न मुग्लिन नारायणगढ सडक राति बन्द गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पेस गरेको ३५औं वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा १९ हजार ९३३ वटा उजुरी स्थानीय तहसँग सम्बन्धित रहेका छन्।
सांसद, अधिकारी र व्यवसायीहरू संलग्न भएको भनिएको बाढी नियन्त्रण परियोजनाको ठूलो घुसघोरी प्रकरणले आक्रोश बढेपछि आइतबार हजारौँ प्रदर्शनकारीहरू फिलिपिन्सको राजधानी मनिलामा सडकमा उत्रिएका छन् ।
२०८२ भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा नेपाली कांग्रेसका ४८ जिल्ला कार्यालयमा क्षति भएको सो पार्टीले जनाएको छ ।
सरकारले कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको सरुवा गर्दै सिलवाललाई जिम्मेवारी दिएको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो ।
नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकले मौजुदा केन्द्रीय समिति विघटन गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा लैजाने निर्णय गरेको छ।पेरिसडाँडास्थित माओवादी केन्द्रको पार्टी कार्यालयमा आइतबार दिउँसो बसेको बैठकले सो निर्णय गरेको हो।
आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचनको मिति घोषणा भएको अवस्थामा मतदाता नामावली सङ्कलनका लागि ऐनमा संशोधन गर्नुपर्ने छ।
सरकारले जेनजी प्रदर्शनको छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ ।
दसैँको समयमा चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी बन्द भएपछि नेपाली बजारमा चिनियाँ सामानको अभाव हुने भएको छ ।
सल्यानमा पालिकास्तरमै पुगेर राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु गरिएको छ । आइतबारदेखि कुमाख गाउँपालिकाबाट सुरु भएको यो अभियान एक हप्तासम्म सञ्चालन हुने भएको हो ।
पर्वतको जलजला गाउँपालिका–५ लेकफाँटको गिद्धेश्वरबाट देखिएको म्याग्दी र कालीगण्डकी नदीको दोभानमा रहेको म्याग्दीको सदरमुकाम बेनी बजार ।
धनुषाको तीन पालिकामा सञ्चालित समावेशी जलवायु उत्थानशील सामुदायिक विकास परियोजनाले अपाङ्गता भएका व्यक्तिहरुको जिवनमा सकारात्मक परिवर्तन ल्याएको परियोजनाको सामाजिक परीक्षण कार्यक्रममा सहभागीहरुले बताएका छन् ।
श्चिम नवलपरासीमा लम्पी स्किनको सङ्क्रमणबाट १५ वटा पशु चौपाया मरेका छन् । दुई महिनाको अवधिमा १५ वटा भैँसी र तीनसय ४ वटा गाई गोरुसहित तीनसय १९ पशु चौपाया सङ्क्रमित भएका हुन् । भैँसी र राँगाको तुलनामा गाईगोरुमा सङ्क्रमण तिव्र गतिमा फैलिएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीसँग प्यालेस्टिनी समूह हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीका आमा र बहिनीले भेट गर्नुभएको छ।
गुल्मीको छत्रकोट गाउँपालिकाको कार्यालय र १७ स्थानीय गरेर १८ वटा लालपुर्जा वितरण गरिएको छ । जिल्लाका १२ स्थानीय तहमध्ये सवैभन्दा पहिला छत्रकोटबाट लालपुर्जा वितरण सुरु गरिएको हो ।