सरकारले राष्ट्रिय सभाको अधिवशेन आह्वानका लागि राष्ट्रिपति समक्ष सिफारिस गरेको छ ।
नेपाली कांग्रेस पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको एकता कायम राख्न अपिल गर्नु भएको छ ।
चर्चित कलाकार निश्चल बस्नेतले इलामको साँखेजुुङस्थित स्वास्थ्य चौकीलाई तीन रोपनी जग्गा दान दिनु भएको छ ।
आँधीखोला गाउँपालिकामा छैटौँ राष्ट्रपति रनिङ शिल्ड–२०८२ खेलकुद प्रतियोगिता सोमबारबाट सुरु भएको छ ।
थारू समुदायको नयाँ वर्ष माघ (माघी) २०८२ को अवसरमा काठमाडौँमा माघी महोत्सव हुने भएको छ । महोत्सवको उदघाटन प्रधानमन्त्री सुशीला कार्कीले गर्नुहुने आयोजक संस्थाका पदाधिकारीहरुको भनाइ छ ।
आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई अमरावती बुटिक होटलले नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।
गोरखापत्र संस्थानको अध्यक्षमा पत्रकार गोविन्दप्रसाद भण्डारी (अखण्ड) नियुक्त हुनु भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उहाँलाई संस्थानकाे अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्रीका प्रमुख स्वकीय उद्धवप्रसाद भट्टराईले बताउनुभयो ।
सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका–६ घुरुन्दु नयाँपानीस्थित भित्री सडक खण्डमा बोलेरो गाडी दुर्घटना हुँदा नौ जना घाइते भएका छन् ।
स्पेनिस सुपर कपको उपाधि बार्सिलोनाले जितेको छ । साउदी अरेबियाको जिद्दामा आइतबार राति भएको खेलमा बार्सिलोनाले रियल म्याड्रिडलाई ३–२ गोलले हरायो ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले इरानी अधिकारीलाई अत्यधिक संयम अपनाउन र देशभित्र सूचना पहुँच सुनिश्चित गर्न आग्रह गर्नु भएको छ । आइतबार महासचिवका प्रवक्ताले उक्त जानकारी दिनु भएको छ ।
जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका–८ साडीघाटीमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।
मेटाले सोमबार अस्ट्रेलियालाई १६ वर्ष मुनिका किशोरको लागि विश्वकै पहिलो सामाजिक सञ्जाल प्रतिबन्ध पुनर्विचार गर्न आग्रह गरेको छ । यसैबिच कम्पनीले नयाँ कानुन अनुसार पाँच लाख ४४ हजार भन्दा बढी खाता ब्लक गरेको जनाएको छ ।
भेनेजुएलाले आइतबार क्युबासँगको आफ्नो ‘ऐतिहासिक धारणा’ पुनः दोहोर्याउँदै भ्रातृत्व, ऐक्यबद्धता, सहकार्य र सिद्धान्तप्रति दृढ प्रतिबद्धता व्यक्त गरेको छ । वाशिङ्टनबाट क्युवासँगको सम्बन्ध तोड्न बढ्दो दबाबका बाबजुद भेनेजुएलाले आफ्नो अडान कायम राखेको हो ।
राप्ती राजमार्ग अन्तर्गत दाङ र सल्यान जोड्ने पैयाखरे–राम्री सडक खण्डमा सडक स्तरोन्नति तथा चौडा गर्ने कार्यका कारण निश्चित समयका लागि सवारी आवागमन बन्द हुने भएको छ ।
अफगान प्रहरीले सोमबार उत्तरी अफगानिस्तानको सारी पुल प्रान्तमा दुई अपहरणकारी लुकेको ठाउँमा छापा मारी दुई जना बच्चालाई उनीहरूको कब्जाबाट उद्धार गरेको प्रान्तीय प्रहरी प्रवक्ता नकीबुल्लाह अलाम्यारले बताउनुभएको छ ।