भदौ २४ गते भएको जेनजी आन्दोलनकारीको आगजनीबाट स्वास्थ्य मन्त्रालय परिसरमा भएका २५ वटा गाडी र दुई सय वटा मोटरसाइकल जलेर पूर्ण रुपमा नष्ट भएका छन्।
नवलपुर प्रहरीले जिल्लामा एउटै कारागार नुँदा कैदीबन्दी ओसारपसारमा निक्कै समस्या भोग्नु परेको गुनासो गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री कुलमान घिसिङ र नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवबिच भेटवार्ता भएको छ ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणमा सरकारलाई सकेसम्म सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । प्रधानमन्त्री सुशीला कार्कीसँग आइतबार भेट गरेर संघका अध्यक्ष डा बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलले उक्त प्रतिबद्धता जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले आजदेखि नागरिकतासहित अत्यावश्यक सेवा सञ्चालन गरेको गरेको छ ।
दक्षिणकाली–१, चाल्नखेलमा राष्ट्रिय मुवाँथाईं एकेडेमी सञ्चालनमा आएको छ ।
नेपाल प्रहरीले तत्काल हाजिर हुन भनेपछि कृष्ण महता बैतडीबाट काठमाडौँ फर्कंदै हुनुहुन्थ्यो । आमाको काजकिरिया सकेर काममा फर्कंदा उहाँ गत शुक्रबार साँझदेखि झरेको पहिरोमा परेर बाटोमै थन्किनुभएको छ ।
घरेलु मैदानमा शनिबार राति भएको खेलमा रियलले इस्पान्योललाई २–० गोलले हरायो ।
प्रधानमन्त्री सुशीला कार्कीले निजी क्षेत्रलाई कठिन परिस्थितिबाट दृढताका साथ उठ्न आह्वान गर्दै सरकार पूर्ण साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
पहिरोको कारण तीन दिनदेखि अवरुद्ध मुग्लिन–नारायणगढ सडक खण्ड केहीबेर अघिदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ ।
काठमाडौँको असन आसपासमा जमरा राख्न प्रयोग हुने माटाको भाडा, माटो, धान, मकै, गहुँ आदि किन्नेको चहलपहल देख्न सकिन्छ । मानिसको आवत जावत निकै भएता पनि व्यापारमा वृद्धि नभएको व्यापारी बताउछन् ।
गत भदौ २४ गते जेनजीद्वारा गरिएको प्रदर्शनपछि उत्पन्न परिस्थितिका कारण यहाँको जिल्ला कारागार जलेश्वरबाट भागेका कैदीमध्ये २३३ फर्किएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदन पेस भएको छ ।
गत हप्ता अन्तिम कारोबार दिन नकारात्मक सर्किट लागेर बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज १११ दशमलव ७० अङ्कले बढेको छ । आज नेप्से परिसूचक चार दशमलव ४४ प्रतिशतले बढेको हो ।
नेपालका चार खेलाडीले स्पेनमा हुने तेस्रो संस्करणको विश्व माउन्टेन र ट्रेल रन च्याम्पियनसिप खेल्ने भएका छन् ।