• २८ पुस २०८२, सोमबार

आँधीखोलामा छैटौँ राष्ट्रपति रनिङ शिल्ड सुरु

blog

अर्जुन काफ्ले

स्याङ्जा, पुस २८ गते । आँधीखोला गाउँपालिकामा छैटौँ राष्ट्रपति रनिङ शिल्ड–२०८२ खेलकुद प्रतियोगिता सोमबारबाट सुरु भएको छ । 

वडा नं.–६ शिम्ले खेलमैदानमा गरिएको प्रतियोगितामा गण्डकी प्रदेश सार्वजनिक लेखा समितिका सभापति सुधिर कुमार पौडेलले ठुला देशहरु हतियारले परिचित हुदा साना देशहरु खेलकुदले भएको बताउनुभयो । राज्यले खेलकुदको क्षेत्रमा लगानी गरे राम्रो हुने बताउदै पौडेलले यो प्रतियोगिताले राम्रा खेलाडी उत्पादन गर्ने बताउनुभयो । 

कार्यक्रममा पालिका अध्यक्ष विश्वनाथ पौडेल, उपाध्यक्ष सीता थापा, प्रद्युम्नन पनेरु माविका प्रधानाध्यापक दिप्ती नारायण पौडेल लगायतले मन्तब्य राख्नु भएको थियो । प्रतियोगितामा भलिबल, कबड्डी, लङजम्प, हाइजम्प, त्रिपल जम्प, एथलेटिक्स लगायतका खेलकुल हुने छन् । 

पुस ३० गते सम्म सञ्चालन हुने प्रतियोगितामा ३० स्वर्ण, ३० रजत र ३० कास्यमा प्रतिस्पर्धा हुने छ । १९ विद्यालयको सहभागिता रहेको प्रतियोगितामा नौ सय विद्यार्थी सहभागिता रहने गाउँपालिकाले जनाएको छ ।