पश्चिम नवलपरासी क्षेत्रमा गत भदौ २४ गते भएका आगजनी र तोडफोडका घटनामा संलग्न भएको आरोपमा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ ।
हिमाली ढोरपाटनका भेँडाच्याङ्ग्रा तम्घास बजार छिरेपछि दशैँ नजिकै आएको महसुस हुन्छ । बर्सेनी दशैँ नजिकिएसँगै भेँडाच्याङ्ग्रा हिमालबाट बिक्रीका लागि बजार ल्याइन्छ ।
सत्ता परिवर्तन हुने गरी विश्वमा जहाँ पनि आन्दोलन भएका छन्, त्यसले ठुलो उथलपुथल र आर्थिक क्षति पु¥याएको इतिहास छ । आन्दोलनको सफलतापछि सामान्य अवस्थामा फर्किन कुनै पनि देशलाई निकै समय लाग्ने गर्छ तर हाम्रो देशमा ध्वस्त संरचनाबाहेक सामान्य जनजीवन एक साताभित्रै आफ्नो पुरानो अवस्थामा फर्किनुलाई चमत्कार नै मान्नुपर्ने हुन्छ । प्रधानमन्त्री सुशीला का
नेपाली राजनीति फेरि एक पटक निर्णायक मोडमा पुगेको छ । राजधानीका सडकमा उत्रिएका ‘जेनजी आन्दोलन’ का युवाको बलिदान, त्यसपछिको दमन र उथलपुथलले देशको राजनीतिक नक्सा फेरिएको छ ।
शुक्रबारदेखि पहिरोले अवरुद्ध भएको मुग्लिन नारायणगढ सडकखण्डको पहिरो हटाउने काम आइतबार बिहानदेखि सुरु भएको छ ।
जेनजी आन्दोलनका कारण बन्द भएका चलचित्र हल पुनः सञ्चालनमा आएका छन् । हल खुलेसँगै अन्योलमा रहेका चलचित्रको प्रदर्शन मिति पनि धमाधम तोकिन थालेका छन् ।
नेपाली चलचित्र ’सोल्टिनी’ को टिजर सार्वजनिक गरिएको छ । कार्तिक ६ गते भाइटीकाको दिन प्रदर्शन हुने चलचित्रको टिजरमा अभिनेता प्रकाश सपुत र अभिनेतृ परीक्षा लिम्बूबिचको प्रेम, समाजको कठोर यथार्थ र बोल्ड निर्णयलाई झल्काइएको छ ।
नेपाल र चीनबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षका अवसरमा नेपाल–चीन मिडिया फोरमद्वारा प्रकाशित ‘सुमधुर सम्बन्धका ७० साल’ पुस्तक शनिबार चीनको राजधानी बेइजिङमा विमोचन भएको छ ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले यही असोज ९ गतेदेखि चीनको ग्वाञ्जाओमा सिधा उडान भर्ने भएको छ । निगमले पहिलोपटक काठमाडौँ–ग्वाञ्जाओ–काठमाडौँ उडान सेवा सुरु गर्ने भएको हो ।
शैली साहित्य समाजले बडा दशैँको शुभकामना तथा रचना वाचन कार्यक्रमको आयोजन गरेको छ ।
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ ६५ पैसा र बिक्रीदर १४१ रुपियाँ २५ पैसा निर्धारण गरिएको छ ।
सरकारले सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानका लागि करिब १० अर्ब निकासा गरेको छ । सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०८२ बमोजिम चालु आर्थिक वर्षका लागि आज नौ अर्ब ८० करोड रुपियाँ निकासा गरेको अर्थ मन्त्रालयले जनाएको छ ।
धरान उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि दुई अर्ब २० करोड ७४ लाख ५९ हजार रुपियाँको बजेट शनिबार सार्वजनिक गरेको छ । उपमहानगरपालिकाको शनिबार बसेको १७ औँ नगर सभामा धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाले आव २०८२/८३ का लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत
आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष आइतबार अपराह्नकालमा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ ।
भारतमा फैलिएको ‘ब्रेन इटिङ अमिबा’ को सङ्क्रमण नेपालमा फैलन सक्ने भन्दै सतर्कता अपनाउन सुझाव दिइएको छ । वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले भारतमा ६९ जनाभन्दा बढीमा उक्त रोग देखिएको र केरलामा १९ जनाको मृत्यु भइसकेको भन्दै नेपालमा पनि त्यसको जोखिम कायम रहेको बताउनुभयो ।