• २९ पुस २०८२, मङ्गलबार

कालिका पावरले बोनस सेयर दिने

blog

चितवन समाचारदाता

चितवन, पुस २९ गते । कालिका पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षमा नौ करोडभन्दा धेरै नाफा गरेको छ । 

आव २०८०/८१ मा आठ करोड ४९ लाख आठ हजार ५८९ रुपियाँ नाफा गरेको कम्पनीले गत आव २०८१/८२ मा नौ करोड ८४ लाख २२ हजार ३५९ रुपियाँ नाफा गरेको गरेको हो । अघिल्लो वर्षभन्दा गत आवमा एक करोड ३५ लाख १३ हजार ७७० रुपियाँ नाफा गरेको सोमबार भरतपुरमा आयोजना गरिएको कार्यक्रममा जानकारी दिएको छ । 

कम्पनीको प्रतिसेयर आम्दानी १०.५४ प्रतिशत हो । यो अन्य विद्युत् आयोजनाको भन्दा राम्रो रहेको कम्पनीले दाबी गरेको छ । कम्पनीले नाफाबाट आफ्ना सेयर सदस्यलाई सात प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । भरतपुरमा सोमबार भएको १८ औँ वार्षिक साधारण सभाले मुनाफाबाट चुक्ता पुँजीको सात प्रतिशत बोनस सेयर दिने निर्णय 

गरेको हो । कम्पनीको सञ्चित मुनाफा चुक्ता पुँजी ९३ करोड ३९ लाख ४९ हजार पाँच सय रुपियाँ छ । त्यसको सात प्रतिशतले हुन आउने छ करोड ५३ लाख ७६ हजार ४६५ रुपियाँ बोनस सेयर दिने निर्णय भएको सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

कम्पनीले घोषणा गरेको लाभांश विद्युत् नियमन आयोगबाट स्वीकृत गरेपछि सेयरधनीले पाउने छन् । कम्पनीले कर प्रयोजनका लागि ०.३६८४ प्रतिशत नगद लाभांशसमेत दिने छ । त्यसका लागि ३४ लाख ४० हजार ८६६ रुपियाँ स्वीकृत भएको छ ।

कम्पनीले दुई वर्षदेखि बोनस सेयर भने घटाएको छ । आव २०७९/८० सम्म १५ प्रतिशत बोनस सेयर दिँदै आएको कम्पनीले त्यसपछिका दुई वर्ष १० प्रतिशत बोनस सेयर दिँदै आएको थियो । त्यसपछि घटाएर अहिले सात प्रतिशतमा झारेको हो ।

वार्षिक साधारण सभाले कम्पनीको पुँजी वृद्धि गर्न नियम संशोधनसमेत गरेको छ । संस्थाले दरौँदी ग्यासियर हाइड्रो अन्तर्गतको २०६४ सालमा स्थापना भएको कालिका पावर कम्पनीले गोरखाको अजिरकोट गाउँपालिकास्थित दरौँदीखोलाबाट विद्युत् उत्पादन गरेको छ ।