• २९ पुस २०८२, मङ्गलबार

हकप्रद सेयर निष्कासन गर्दै मेन्छियाम हाइड्रो

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस २९ गते । मेन्छियाम हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सेयर निष्कासनसम्बन्धी कार्य गर्न एनआइसी एसिया क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । मेन्छियाम हाइड्रोपावर एक सय रुपियाँ अङ्कित दरका ५४ लाख २५ हजार ८३३ कित्ता सेयरले हुन आउने रकम ५४ करोड २५ लाख ८३ हजार तीन सय रुपियाँको १:१ बराबर हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

सम्झौतापत्रमा मेन्छियाम हाइड्रोपावरका तर्फबाट अख्तियार प्राप्त कम्पनी सचिव धनराज सुवेदी र निष्कासन तथा बिक्री प्रबन्धकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले हस्ताक्षर गर्नुभयो ।