• १७ चैत २०८२, मङ्गलबार

अदालतका कर्मचारी घुससहित रंगेहात पक्राउ

blog

प्रवीण कुमार शर्मा 

रौतहट, चैत १७ गते । रौतहट  जिल्ला अदालतका डिठ्ठा लवकुमार सिंह  घुससहित पक्राउ परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाबाट खटिएको टोलीले करारमा कार्यरत सिंहलाई मङ्गलबार दिउँसो ५० हजार रुपियाँ घुससहित रंगेहात पक्राउ गरेको हो ।

प्रहरी नायव उपरीक्षक राजिव श्रेष्ठको कमाण्डमा खटिएको अख्तियारको टोलीले सेवाग्राहीसँग घुस लिँदै गर्दा उनलाई पक्राउ गरिएको हो ।

घटनाको स्थलगत मुचुल्का उठाउने एवं पक्राउ परेका सिंहसँग बयान गराउने कार्य अख्तियारको टोलीले गरिरहेको गौर नगरपालिका–१ का वडाध्यक्ष लालबाबु चौधरीले बताउनुभयो  ।