जेनजी आन्दोलनको क्रममा भएको आगजनी, लुटपाट तथा तोडफोडका कारण जिल्लाको कन्चनरूप नगरपालिकामा दुई करोड ५० लाख बराबरको क्षति भएको छ ।
गोरखापत्र दैनिक देउखरीका समाचारदाता दिवाकर पोख्रेललाई मातृशोक परेको छ । उहाँकी आमा लमही–६ देउपुर निवासी ६० वर्षीया इन्द्रकला पोख्रेलको आइतबार बिहान निधन भएको हो । पोख्रेल विगत केही समयदेखि बिरामी हुनुहुन्थ्यो ।
अरू वर्ष जस्तै यो वर्ष पनि निर्मला र नवीनले स्कुलको अन्तिम परीक्षा सकिएपछि गाउँ जाने योजना बनाएका थिए । गाउँमा खेतीपाती गरेर बस्ने हजुरआमा, हजुरबुवा, काकाकाकीलाई भेट्न र गाउँको वातावरणमा रमाउन उनीहरूलाई धेरै मन पथ्र्यो ।
एउटा गाउँमा घना जङ्गल थियो । त्यो जङ्गलमा बडेमानका रुख थिए । ती रुखमा चराका गुँडैगुँड थिए । तिनै रुखमध्ये एउटामा माउ चरा र उसका दुई बचेरा बस्थे । माउ आहारा खोज्न जान्थी । कहिलेकाहीँ त टाढा टाढासम्म पनि आहारा खोज्न जानु पर्थ्यो । त्यस्तो बेला आहाराका लागि बचेराले लामो समय प्रतीक्षा गर्नु पर्थ्यो । साँझ आहारा खाएर टन्न भएका तीनै जना रमाइलो गर्दै बस्थे । उनीहरूको संसार नै बेग्लै थियो ।
कृषि विकास कार्यालयद्वारा गुणस्तरीय कार्टुन वितरण कार्य सुरु गरिएको छ । हुम्लामा उत्पादन भएका स्याउ सुरक्षित रुपले गन्तव्यसम्म ढुवानी गर्नका लागि किसानलाई बानी पार्न र प्रोत्साहन गर्न कार्टुन वितरण गर्ने कार्य गरिएको हो ।
दोलखाको चरीकोटमा संविधा र जेनिसा नाम गरेका दुई जना साथी बसोवास गर्थे । ती दुवै एकअर्काका घनिष्ट मित्र थिए । उनीहरू दुवै जना कक्षा ७ मा पढ्थे । उनीहरू सँगै हिँड्ने, रमाइलो गर्ने र एकअर्कालाई मद्दत गर्न सधैँ तयार हुन्थे ।
कुनै लेकमा धनी साहुको ठुलो गाईगोठ थियो । साहु निकै कठोर मिजासका थिए । उनले ती गाईको स्याहारका लागि तीन जना कामदार राखेका थिए । कामदार एकै परिवारका तीन दाजुभाइ थिए ।
प्रहरीले महोत्तरीको बर्दीबास ३ गौरीडाँडास्थित बीपी राजमार्गमा सवारी चेकजाँच गर्दा ९७ ग्राम बढी ब्राउन सुगरसहित एक युवकलाई नियन्त्रणमा लिएको छ ।
मुग्लिङ–नारायणगढ सडकखण्डको तुइनखोलामा शुव्रmबार साँझ छ बजेदेखि सुक्खा पहिरो खसेर बाटो अवरुद्ध भएको छ । पहिरो पन्छाएर यातायात सञ्चालनको तयारी गर्दागर्दै फेरि ठुलो पहिरो खसेर बाटो पूर्ण रूपमा भएको हो ।
सप्तरी प्रहरीले दुई जना विदेशी महिलालाई नियन्त्रणमा लिएको छ । जिल्लाको बलान बिहुल गाउँपालिका–४ बेल्हीस्थित चन्ही–बेल्ही भित्रि सडक खण्डबाट प्रहरीले दुई विदेशी महिलालाई नियन्त्रणमा लिएको हो ।
सिन्धुली जिल्लामा जेनजी समूहको आन्दोलनका व्रmममा आगजनी र तोडफोडबाट ध्वस्त भएका सरकारी कार्यालयलाई सेवा प्रवाह गर्न सकस परेको छ । सेवा प्रवाहका लागि सुरक्षित भवन, आवश्यक पर्ने अभिलेख, उपकरण
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ह्योल्मो भाषा
दसैँ नजिकिएसँगै काठमाडौँ–धनगढी हवाई भाडा एक्कासि बढेको छ । सामान्य अवस्थामा साढे सात हजार रुपियाँ टिकट रहँदै आएकोमा चाडपर्वका बेलामा विमान कम्पनीले भाडा बढाएका छन् ।
दसैँ नजिकिँदै गर्दा रोजगारीका लागि भारत गएका परदेशी घर फर्किन थालेका छन् । स्वदेशमा रोजगारी नपाएपछि गुजारा चलाउन भारतका विभिन्न सहरबजारमा मजदुरी गर्दै आएका नेपाली घर फर्किन लागेका हुन् ।
जेनजी आन्दोलनपछि उत्पन्न विषम परिस्थितिबिच कैलालीका सरकारी निकाय लय समात्न थालेका छन् ।