• २९ पुस २०८२, मङ्गलबार

बंगाली शीर्षकः हाङ्गोरमा ‘अभिनेता अग्रहरीको डेब्युः’

blog

पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासी, पुस २९ गते ।
नेपाली सिनेमाका प्रभावशाली अभिनेता तथा पश्चिम नवलपरासी, रामग्राम–२ का स्थायी बासिन्दा प्रमोद अग्रहरीले बंगलादेशी चलचित्रबाट आफ्नो अन्तर्राष्ट्रिय डेब्यु गर्नुभएको छ । अभिनेता अग्रहरीको मुख्य अभिनय रहेको बंगलादेशी एक्सन सिनेमा ‘शार्क’ (बंगाली शीर्षकः हाङ्गोर) को १ मिनेट लामो टिजर सार्वजनिक गरिएको छ ।

टिजरमा दमदार अवतार सार्वजनिक टिजरमा अभिनेता अग्रहरीलाई निकै शक्तिशाली र आक्रामक एक्सन भूमिकामा देख्न सकिन्छ । विशेषगरी समुन्द्रको पृष्ठभूमिमा अपराधीहरूसँग भिड्ने दृश्यहरूले सिनेमालाई थप रोचक बनाएको छ । निर्माण पक्षले सार्वजनिक गरेको पोस्टरमा समेत अभिनेता अग्रहरीको नाम कलाकारहरूको सूचीमा पहिलो स्थानमा राखिएको छ ।

नेपाली सिनेमाको प्रभाव र छनोट उहाँले नेपाली सिनेमाहरू ‘पिताम्बर’, ‘रावायण’ र ‘अगस्त्य च्याप्टर १’ मा निर्वाह गर्नुभएको उत्कृष्ट एक्सन भूमिकाबाट प्रभावित भएर बंगलादेशी निर्देशक ट्यानमोइ सुर्जोले उहाँलाई यस सिनेमाका लागि छनोट गर्नुभएको हो । गाजी हिमोको निर्माणमा बनेको यस सिनेमाको छायाँकन गत अक्टोबरमा बंगलादेशको ढाकामा सम्पन्न गरिएको थियो ।

अभिनेता अग्रहरीले नेपाली दर्शकहरूलाई निराश नपार्ने र यो सिनेमा नेपालमा पनि प्रदर्शन हुने जानकारी दिनुभएको छ । नेपालमा पनि प्रदर्शन हुने सिनेमा सन् २०२६ को इदको अवसरमा विश्वव्यापी प्रदर्शन हुने तयारीमा छ । टिजर सार्वजनिक भएपछि नेपाली दर्शकहरू र विशेषगरी नेपालमा पनिमा ठुलो उत्साह देखिएको छ ।