सुदूरपश्चिमका नारी स्रष्टाका बारेमा चर्चा गर्नुपर्दा सर्वप्रथम यस क्षेत्रको लोकसाहित्यलाई कदापि बिर्सनु हु“दैन । लोकसाहित्य भनेको परापूर्वदेखि जन जनमा पुस्तान्तरण हु“दै आएको श्रुति परम्परामा निहित लोकगीत, लोककथा, लोकभाकालाई बुझ्नु पर्दछ । विशेषतः नारीको सन्दर्भमा नारीले कुनै धार्मिक चाडपर्वमा होस् या राम हेर्न जाँदा होस् या घाँस काट्न जाँदा रनवन जा“दा होस् मायाप्रेमका, मिलनविछोडका, मनका पीर, वेदना, दुखेसोलाई गीतका रूपमा सुसेल्दा होस् तत्कालै मुखले तयार गरी गाउने गीतलाई बुझाउँछ । जुन कहिल्यै लेख्य रूपमा लेखिएन तर एक पुस्ताबाट अर्को पुस्तामा पुगेर पनि सुनाइँदै आएका गीत पनि नेपाली लोकसाहित्यमा कम महŒवपूर्ण ठानिनु हुँदैन । ती गीत हाम्रो साहित्यको जरो हुन् र हाम्रो संस्कृतिको अमूल्य धरोहर पनि हुन् ।
यहाँ भिन्न धार्मिक तथा सामाजिक कार्य गर्दा गाइने लोकगीत, लोकगाथा समय, अवसर र चाडपर्व अनुसार फरक फरक किसिमको देख्न र सुन्न पाइन्छ । गोःरामा अठेवाली, ठाडो खेल, रनझङिलो, ढुस्को धुमारी र चैतको लोकगाथा गाउने चलन रहेको छ । विवाह र व्रतबन्धमा सगुन, बिहानपख भलौलो, सा“झपख सजेवाली, वैश्वानरको फाग देवस्थलमा झोडा, जागर श्रुति परम्पराका आधारमा गाउने चलन रहेको छ । देउडा, भैन, न्यौले आदि लोकगीत हुन् भने चैत, अठेवाली, सजेवाली, भलौलो, झोडाजागर आदि लोकगाथा हुन् । लोकगाथा भन्नाले कुनै ऐतिहासिक वीर पुरुष, स्त्री या घटनाका बारेमा रचिएको गाथा वा भनौ“ गीतिकथा हुन् । यस प्रकार सगुन, फाग, भलौलो, चैत, भडा, भैन, चाचरी, देउडा आदि यस क्षेत्रका लोककला र सङ्गीतका मौलिक पहिचान हुन् जसमा नारी स्वर र भूमिका रहन्छ ।
सुदूरपश्चिममा आधुनिक नारी साहित्य
पछिल्लो समयमा सुदूरपश्चिममा नेपाली साहित्यको क्षेत्रमा उल्लेखनीय कार्य भएको देखिन्छ । ‘सुदूरपश्चिमाञ्चल गजल मञ्च’, धनगढी कैलाली, ‘भानु पुस्तकालय’ सत्ती, कैलाली, ‘सुदूरपश्चिमाञ्चल साहित्य समाज’, धनगढी, कैलाली, ‘जनपुस्तकालय’,
‘प्रतिभा पुस्तकालय’ अत्तरिया, कैलाली, ‘विद्यार्थी साहित्य प्रतिष्ठान’, ‘नवरत्न साहित्य प्रतिष्ठान’ धनगढी तथा ‘देवकोटा साहित्य परिवार’ टीकापुर, ‘सामुदायिक पुस्तकालय’ टीकापुर जस्ता सङ्घ संस्थाले पनि यहा“को साहित्यको क्षेत्रमा महŒवपूर्ण योगदान दिएका छन् । साहित्यलाई संस्थागत गर्ने कार्यमा यी संस्थाको भूमिका महŒवपूर्ण रहेको छ । त्यसै गरी यस क्षेत्रको साहित्यको विकासमा यस क्षेत्रबाट प्रकाशित हुने साहित्यिक पत्रिकाको भूमिका पनि महŒवपूर्ण रहेको छ । ती पत्रिकामा भानु पुस्तकालयबाट प्रकाशित हुने पत्रिका ‘अङ्कुर’, कैलाली जनपुस्तकालयबाट प्रकाशित हुने पत्रिका ‘मालिका’ सुदूरपश्चिमाञ्चल साहित्य समाज धनगढीबाट प्रकाशित हुने पत्रिका ‘सुरभि’, प्राज्ञ समाज टीकापुरबाट प्रकाशित हुने पत्रिका ‘प्रज्ञाचक्षु’, कैलाली बहुमुखी क्याम्पस धनगढीबाट प्रकाशित हुने पत्रिका ‘सुसेली’, सुदूरपश्चिमाञ्चल एकेडेमी क्याम्पस धनगढीबाट प्रकाशित हुने पत्रिका ‘फूलबारी’ जस्ता साहित्यिक पत्रिका र विभिन्न एफएमले गर्ने साहित्यिक कार्यव्रmमलार्ई पनि बिर्सन मिल्दैन ।
त्यसै गरी महेन्द्रनगर कञ्चनपुरमा ‘महाकाली साहित्य सङ्गम’ को स्थापनाको साथसाथै साहित्यको विकास भएको पाइन्छ । वीरबहादुर चन्दद्वारा प्रकाशित ‘गुगुल्डी’ मासिक, महाकाली साहित्य सङ्गमद्वारा प्रकाशित हुने ‘महाकाली सङ्गम’ विभिन्न एफएमले पनि यस क्षेत्रको साहित्य विकासमा निकै टेवा पु¥याएको देखिन्छ । हाल स्थापना भएका ‘मानसखण्ड फाउन्डेसन’, प्रगतिशील लेखक सङ्घद्वारा प्रकाशित हुने पत्रिका ‘ह्या“क’ ले पनि निकै महिला साहित्यकारलाई जन्माएको देखिन्छ । यहाँ सुदूरपश्चिम क्षेत्रमा रही कार्य गर्ने नारी साहित्यकारका सम्बन्धमा अध्ययन गर्ने व्रmममा नारी स्रष्टाको व्यक्तिगत परिचयका आधारमा उनीहरूको योगदानलाई चर्चा गरिएको छ –
नारा जोशी ः महाकाली नपा–५, मोहती (खिर्कोट) बैतडीमा २०१३ जेठ १ गते माता तुलसीदेवी अवस्थी र पिता खिमानन्द अवस्थीको कोखमा जन्मिनुभएकी नारा जोशी यस क्षेत्रकी वरिष्ठ लेखिका हुनुहुन्छ । उहा“का प्रकाशित पुस्तकमा ‘भिडमा एक्लो मान्छे’ (लघुकथासङ्ग्रह २०६५), ‘मैले देखेको जीवन’ (संस्मरण २०६९) र ‘अन्तरबोध’ (लेखसङ्ग्रह २०८१) रहेका छन् । हाल उहा“ ‘मानसखण्ड फाउन्डेसन’ महेन्द्रनगरको अध्यक्ष भई संस्थालाई नेतृत्व दिइरहनुभएको छ ।
फाल्गुना दाहाल (२०१८) ः बुधबारे–४, झापामा पिता स्व. प्रभाकर निरौला माता पवित्रा निरौलाकी सुपुत्रीका रूपमा २०१८ साल असार ७ गते जन्मिनुभएकी फाल्गुना दाहाल विषेशतः कविता विधामा कलम चलाउने स्रष्टा हुनुहुन्छ । फाल्गुना दाहालको ‘पीडाका सुस्केरा’ (कवितासङ्ग्रह २०६९), ‘सम्झनामा’ (२०७९), ‘अचम्मको ऐना’ (२०७५) प्रकाशित छन् ।
हेमन्ती जोशी (२०१८) ः पिता काशीनाथ जोशी तथा माता सुशीला जोशीकी सुपुत्रीका रूपमा २०१८ भदौ १८ गते डोटी जिल्लाको सिमचौर गाविस काटैमा जन्मिएर कैलाली जिल्लाको भजनी (रजवारा) का हुर्किनुभएकी हेमन्ती जोशीले स्कुले जीवनदेखि नै कविता लेख्न सुरु गर्नुभएको भए पनि ५० को दशकको पूर्वार्धबाट साहित्य लेखनमा विशेष व्रिmयाशील हुनुहुन्छ । जोशीको कथासङ्ग्रह ‘प्रतिविम्ब’ (२०६४) ‘पत्र पत्र जिन्दगी’ (२०६९) र ‘मनहरू जित्न सके’ (२०६६) गजलसङ्ग्रह र ‘बगरदेखि सगरसम्म’ मुक्तकसङ्ग्रह प्रकाशित भइसकेको छ । त्यस्तै ‘सहयात्रा’ (संयुक्त कवितासङ्ग्रह) पनि प्रकाशित भएको छ । त्यसै गरी उहाँले ‘तिलोत्तमा स्मृति ग्रन्थ’ र ‘श्रेष्ठ प्रिया पत्थर अभिनन्दन ग्रन्थ’ को सम्पादन गर्नुभएको छ । सुदूरपश्चिमको धर्तीमा जन्मिएर यसै क्षेत्रलाई कर्मथलो बनाएकी कथाकार हेमन्ती जोशीको कथासङ्ग्रह ‘प्रतिबिम्व’ ले उहाँलाई सुदूरपश्चिमको प्रथम महिला कथाकारका रूपमा उभ्याइदिएको छ । उहाँले आफ्ना स्वर्गीय पति गणेशप्रसाद जोशीको स्मृतिमा २५ हजार राशिको ‘गणेश–हेमन्ती स्मृति पुरस्कार’ को २०६६ सालमा स्थापना गरी प्रत्येक वर्ष उक्त पुरस्कार साहित्यिक योगदानका आधारमा साहित्यकारलाई प्रदान गर्दै आउनुभएको छ ।
श्रेष्ठ प्रिया पत्थर (२०२१) ः पिता पूर्णमान श्रेष्ठ र माता कृष्णकुमारी श्रेष्ठको कोखबाट डोटीमा २०२१ सालमा जन्मिई कैलाली जिल्लामा बसोवास गर्दै आउनुभएकी श्रेष्ठ प्रिया ‘पत्थर’ सुदूरपश्चिममा प्रथम नारी लेखिकाका रूपमा चिनिनुहुन्छ । विसं २०३८ सालमा ‘खप्तड सन्देश’ साप्ताहिक धनगढीबाट ‘आकाङ्क्षा सबै मरिसके’ कविता विधाबाट उदाउनुभएकी श्रेष्ठ प्रिया पत्थरको प्रथम कृति ‘पतिङ्गर’ उपन्यास रहेको र उक्त पुस्तक २०४८ सालमा प्रकाशित भएको देखिन्छ । श्रेष्ठ प्रियाका छ वटा उपन्यास, चार वटा गजलसङ्ग्रह, एउटा कवितासङ्ग्रह, एउटा कथासङ्ग्रह, दुई वटा भूमिकासङ्ग्रह, एउटासमीक्षासङ्ग्रह, एउटा संस्मरणसङ्ग्रह, एउटा व्यक्तित्व र कृतित्व, एउटा मुक्तकसङ्ग्रह गरी १८ वटा पुस्तक प्रकाशित भएको पाइन्छ ।
उहा“को ‘नेपाली साहित्य तथा संस्कृति
प्रतिष्ठानको संयोजकत्वमा अभिनन्दनग्रन्थसमेत
प्रकाशित भएको छ । श्रेष्ठ प्रिया पत्थरले
‘अङ्कुर’, ‘गजल प्रवाह’ अर्धवार्षिक, ‘मालिका’ आदि साहित्यिक पत्रिका र ‘मनिराज जोशी अभिनन्दन ग्रन्थ’, ‘लोकेन्द्रबहादुर चन्द अभिनन्दन ग्रन्थ’ को समेत सम्पादन गर्नुभएको छ ।
श्रेष्ठ प्रिया ‘पत्थर’ ले आफ्ना मातापिताको स्मृतिमा रु. २५ हजारको ‘पूर्ण–कृष्ण स्मृति साहित्य पुरस्कार’ स्थापना गर्नुभएको छ । श्रेष्ठ प्रियाका प्रकाशित कृतिलाई लिएर एमए शोधका विद्यार्थीले शोधपत्रसमेत तयार गरेका छन् ।
निभा शाह ः अछाममा जन्मिनुभएकी निभा शाहको हालसम्म ‘इन्कलाव जिन्दावाद’ (२०६३) ‘कालापानीकी द्रौपती’ (२०६६) ‘मनसरा’ (२०७२) गरी तीन वटा कवितासङ्ग्रह प्रकाशित भइसकेका छन् । उहाँ धेरै संस्थाबाट पुरस्कृत र सम्मानित भइसक्नुभएको छ ।
डा. तुलसी शर्मा (२०३८) ः पिता स्व. प्रजापति शर्मा तथा माता स्व. यशोदादेवी शर्माको कोखमा मुडभरा–१, डोटीमा २०३८ साल कात्तिक ५ गते जन्मनुभएकी तुलसी शर्मा उपन्यास विधामा लेख्न मन पराउनुहुन्छ । उहाँको ‘भाउजू’ उपन्यास २०५९ सालमा प्रकाशित भएको छ भने हालै उहाँको समालोचनासङ्ग्रह प्रकाशित भएको छ । एमए, बिएड, एमफिल गरेर नेपाली विषयमा सुदूरपश्चिम विश्वविद्यालयबाट विद्यावारिधिसम्म शिक्षा आर्जन गर्नुभएकी तुलसी कथा, उपन्यास, कविता लेख्न मनपराउनुहुन्छ । उहाँ सुप साहित्य समाज धनगढी, कैलाली, जनपुस्तकालय, धनगढी जस्ता संस्थामा आबद्ध हुनुहुन्छ । धनगढी नपा–५ मा बसोबास गर्ने उहाँँ पेसाले शिक्षिका हुनुहुन्छ ।
तारा भट्ट पल्लवी (२०३८) ः पिता सुदर्शन भट्ट तथा माता यशोदा भट्टको कोखमा २०३८ साल मङ्सिर ९ गते जन्मिनुभएकी तारा भट्ट (श्रेष्ठ) एक सव्रिmय नारी लेखिका हुनुहुन्छ । उहाँ सुप साहित्य समाज, कैलाली जनपुस्तकालय, सुप गजलमञ्च जस्ता संस्थामा आबद्ध हुनुहुन्छ ।
दीपा ऐर ‘उदासी’ (२०४०) ः पिता गगनसिंह ऐर र माता हिरादेवी सालमा जेठी छोरीका रूपमा जन्मिनुभएकी उहाँको ‘घामछाया’ (गजलसङ्ग्रह २०६६, असार), ‘आ“खामा राखी हेर’ (कवितासङ्ग्रह २०६६), ‘तिम्रो आकृति’ (गीतसङ्ग्रह २०६६) एकैसालमा प्रकाशित छन् । ‘विश्व नारी साहित्य सम्मेलन पदक २०७१’ त्रिमूर्ति निकेतन, काठमाडौँबाट सम्मानित उहाँ विभिन्न साहित्यिक संस्थाबाट गरिएको प्रतियोगितामा पुरस्कृत भइसक्नुभएको छ ।
माधवी घर्तीमगर ‘बगर’ (२०४५) ः वीरेन्द्रनगर खलाटी सुर्खेतमा पिता गणेशबहादुर घर्तीमगर तथा माता मायादेवी घर्तीमगरको कोखमा २०४५ साल जन्मिनुभएकी माधवी ‘बगर’ को ‘बगरमा एउटा लहर मायाको’ (गजलसङ्ग्रह २०६१) प्रकाशित भएको छ ।
स्व. पुष्पा जोशी (२०४५) ः अत्तरिया, कैलालीमा आइएडमा अध्ययन गर्दागर्दै १८ वर्षको कलिलो उमेरमा उपन्यास जस्तो बृहत् आख्यानमा आफूलाई समर्पित गरी ‘पवित्रा’ उपन्यास लेख्ने पुष्पा जोशीको साहित्यिक योगदानलाई सेती अञ्चलले मात्र होइन, सिङ्गो सुदूरपश्चिमाञ्चलले बिर्सन हु“दैन । उहाँको यो उपन्यास २०६३ सालमा प्रकाशित भएको हो । पुस्तक प्रकाशित गरेकै वर्ष १८ वर्षको कलिलो उमेरमा उहाँको देहावसान भयो ।
दिपिसा ‘कैजी’ (२०४५) ः कालीकोट जिल्लाको पाखा–५ मा पिता कृष्ण विष्ट तथा माता जानकी विष्टको कोखमा २०४५ साल असोज २० गते जन्मिनुभएकी दिपिसा ‘कैजी’ को ‘अश्रु दोभान’ (हाइकुसङ्ग्रह २०६०) प्रकाशित भएको पाइन्छ ।
दीपा ढकाल ‘आँसु’ (२०४७) ः कैलाली जिल्ला पहलमानपुर गाविस वडा नं २ मा पिता कमल ढकाल र माता चन्द्रकलाकी पुत्री दीपा ढकाल ‘आ“सु’ ले १४ वर्षको उमेरमा गजलसङ्ग्रह ‘शान्तिको बिगुल’ प्रकाशित गरी नेपाली गजलको इतिहासमा प्रथम बाल गजलकार बन्ने श्रेय पाउनुभएको छ । २०४७ जेठ १५ मा उहाँको जन्म भएको हो ।
करिश्मा सिंह ‘कञ्चन’ (२०४९) ः पिता भीमबहादुर सिंह तथा माता दुर्गादेवी सिंहको कोखमा २०४९ साल कात्तिक २७ गते कोल्हापुर महाराष्ट्र भारतमा जन्मिनुभएकी करिश्मा सिंह ‘कञ्चन’ को २०६९ सालमा ‘कञ्चन’ (गजलसङ्ग्रह प्रकाशित भएको छ ।
भुवनेश्वरी शर्मा ः शर्माको ‘जागरण’ नामक कवितासङ्ग्रह प्रकाशित भएको पाइन्छ ।
मञ्जु वैरागी चन्द ः डोटीमा बसोबास गर्दै आउनुभएकी मञ्जु वैरागी चन्दको छन्दात्मक कवितासङ्ग्रह प्रकाशित भएको पाइन्छ ।
कल्पना भट्ट ः डडेलधुरामा जन्मिई हाल धनगढीमा बसोबास गर्ने कल्पनाका ‘पापी संसार’ (उपन्यास) २०६३ मा प्रकाशित भएको देखिन्छ । उहाँले कवितातर्फ पनि कलम चलाउ“दै आउनुभएको छ ।
पार्वती भट्ट ः डडेलधुरामा जन्मिई हाल काठमाडौँ बस्दै आउनुभएकी पार्वती भट्टका ‘अनिदा सपनाहरू’ (मुक्तकसङ्ग्रह) प्रकाशित छ ।
कोपिला शर्मा ः उहाँको ‘सन्दुस’ (गजलसङ्ग्रह) प्रकाशित भएको छ । उहाँ कविता, गजल लेख्दै आइरहनुभएको छ ।
सुमन स्मारिका ः सुमनको ‘कैफियत, मेहेफिल’ (संयुक्त गजलसङ्ग्रह), ‘साहेब’ (गजलसङ्ग्रह) प्रकाशित छ ।
गङ्गा विष्ट ः महेन्द्रनगरमा बसोबास गर्दै
आउनुभएकी गङ्गा विष्टका ‘सवाल’ (गजलसङ्ग्रह) प्रकाशित छ ।
विमला चन्द ः बैतडी घर भएकी चन्दको ‘मेरो आगमनको प्रतीक्षामा म’ (कवितासङ्ग्रह) प्रकाशित छ ।
रितु पाण्डेय ः कैलालीकी रितु पाण्डेयको प्रियसी (गजलसङ्ग्रह) प्रकाशित भएको छ ।
साफी राजवंशी ः कृष्णपुर नगरपालिका–६,
कञ्चनपुरकी साफी राजवंशीको ‘सिर्जल’ (मुक्तकसङ्ग्रह २०७४), ‘मनके बह’ (संयुक्त मुक्तकसङ्ग्रह २०७५), ‘गोरपासु’ (निबन्धसङ्ग्रह २०७८)
प्रकाशित छन् ।
शर्मिला चौधरी ः २०४२ साल कात्तिक १२ गते जन्मनुभएकी बेलौरी, कञ्चनपुर निवासी शर्मिला चौधरीको ‘मनके फूला’ (कवितासङ्ग्रह २०६२), ‘कम्हलरीया’ (उपन्यास), ‘दुःखके हलकारा’ (उपन्यास २०६४) प्रकाशित छ ।
रविना चौधरी ः भजनी नगरपालिका–६, कैलालीकी रविना चौधरीको ‘औरी’ (गजलसङ्ग्रह २०७२) प्रकाशित भएको देखिन्छ ।
लक्ष्मी पन्त ः कञ्चनपुरकी लक्ष्मी पन्तको ‘दुई आ“खर’ डोटेली गीतसङ्ग्रह प्रकाशित भएको छ ।
मीना पन्त ः कञ्चनपुरकै मीना पन्तको ‘डोटेली गीत सङ्ग्रह’ प्रकाशित भएको छ ।
सरिता जोशी ः जोशीको ‘महाकालीका छालहरू’ संयुक्त गजलसङ्ग्रह प्रकाशित भएको छ ।
गीता स्मृति कठायत ः गीताको ‘महफिल’ र ‘रैवार टीकापुरका’ संयुक्त गजलसङ्ग्रह प्रकाशित
भएका छन् ।
उषा जोशी ः उषा जोशी विशेषतः गजल, मुक्तक र कवितातर्फ कलम चलाउने गर्नुहुन्छ ।
त्यस्तै बझाङकी निर्मला सिंह, प्रभालक्ष्मी बजाल, कलावती जोशी, रूपाकुमारी बोहरा, कल्पना श्रेष्ठ, सत्यकुमारी जोशी, प्रार्थना खनाल, कैलालीकी, श्रेष्ठ रक्षा ‘रोदन’, समीपा शाह ठकुरी, जुनु भट्ट, लक्ष्मी ओझा, कौशिला सावद, माधवी घर्तीमगर, दिपिसा कैजी, रेनुका महतरा, रूपा स्वार, दुर्गाबम मल्ल, जमुना बोहरा, सुमन ‘स्मारिका’ दुर्गा जोशी, आशा साकी बलायर, मोतीसरा विष्ट फुटकर रूपमा कविता, गजल लेख्ने चर्चित प्रतिभा हुन् ।
त्यस्तै कञ्चनपुर जिल्लामा रही कवितातर्फ कलम चलाउने प्रतिभामा चन्द्रकला पन्त, मधु हमाल, आनन्दी पन्त, सरिता पन्थी, सरिता जोशी, सरस्वती भाट धामी, निर्मला भाट, रितु कुँवर, लक्ष्मी जोशी, सानु जोशी, बबिता कार्की, चा“दनी भट्ट पनि सव्रिmय हुनुनहुन्छ ।
त्यस्तै डोटी जिल्लामा रही कलम चलाउने प्रतिभामा कुश्मा भट्ट (गजल, मुक्तक), गीता स्मृति कठायत (गजल, मुक्तक), आशा सा“की (गजल, मुक्तक), सीता साव“द (गजल, मुक्तक), प्रमिला उपाध्याय (गजल, मुक्तक), गीता जोशी (मुक्तक, कविता), कल्पना जोशी (कविता), मुना मटेली (गजल, मुक्तक) ले विधामा कलम चलाइरहनुभएको देखिन्छ ।
बैतडीबाट काव्यतर्फ कलम चलाउनेमा पार्वती भट्ट पे्रमाश्रु रहनुभएको छ ।
यी प्रतिभाका अतिरिक्त हाल थुप्रै प्रतिभा सुदूरपश्चिमाञ्चलको साहित्यिक क्षितिजमा उदाएका छन् । उनीहरूको साहित्य लेखनको निरन्तरता कहिलेसम्म रहिरहने हो त्यो भने हेर्न बा“की नै छ । किनभने सुदूरपश्चिमका धर्तीमा थुपै्र नारी स्रष्टा बेलाबखत देखिए र केही समयपछि हराए पनि । तीमध्ये केही साह्रै प्रखर प्रतिभाका धनी पनि थिए । समयका विभिन्न कालखण्डमा उदाएर हराएका ती नारी स्रष्टाको खोजी तथा अनुसन्धान गर्न बा“की नै छ । तीमध्ये गङ्गा बम, जानकी तुलाधर, कमला पोखरेल, विश्वशान्ति श्रेष्ठलाई लिन सकिन्छ । २०४० को दशकको पूर्वार्धमा स्थानीय पत्रपत्रिकामा देखिएर ४० को दशककै अन्त्यसम्ममा हराएका ती प्रतिभा कहा“ छन् ? के गर्दै छन् ? केही अत्तोपत्तो छैन ।
नेपाली साहित्यको फा“टमा सिर्जनाबाहेक विभिन्न पत्रपत्रिका, विभिन्न कृतिको सम्पादनमा, साहित्यिक सङ्घ सङ्गठनमा महिलाले आफ्नो सव्रिmयता देखाएका छन् । यसका अतिरिक्त पत्रकारिताको माध्यमबाट कलम चलाउने महिला पत्रकार तथा लेखिका बढी सव्रिmय रहनु र विभिन्न पत्रपत्रिकाको सम्पादन गरेर मात्र होइन, महिला साहित्यकारले नारी जागरणका लागि देखाएको प्रतिबद्धता पनि सराहनीय छ ।
नारी हक अधिकारका कुरामा मात्र नरहेर समाजका सबै विषयलाई समेत आत्मसात् गरेर विशुद्ध साहित्य सिर्जनामा केन्द्रित हुने हो भने नेपाली साहित्यमा यस क्षेत्रका नारी हस्ताक्षर अझ बढी सक्षम र सशक्त हुने कुरामा शङ्का छैन । सङ्ख्याको दृष्टिले कम भए पनि नेपाली साहित्यमा यस क्षेत्रमा महिला लेखनको स्थिति मजबुत छ ।
हाल देखा परेका स्थापित र नवोदित लेखिकाका साहित्य सिर्जनाको सव्रिmयताले उज्यालो भविष्यको सङ्केत गर्दागर्दै पनि खड्केको कुरा के छ भने वर्तमान समयमा काठमाडौँबाट प्रकाशित हुने गरेको स्तरीय साहित्यिक पत्रपत्रिकामा नारी हस्ताक्षरको उपस्थिति शून्यप्रायः देखिएको छ । यसको विपरीत स्थानीय क्षेत्रबाट प्रकाशित हुने समाचारमूलक पत्रिकाका अतिरिक्त यस क्षेत्रबाट बेलाबखत प्रकाशित हुने पत्रिका ‘सुरभि’ ‘मालिका’ ‘गजल प्रवाह’, ‘सुसेली’, ‘फूलबारी’ ‘प्रज्ञाचक्षु’ ‘अङ्कुर’ आदिमा महिला प्रतिभाको मनग्गे रचना प्रकाशित भएको पाइन्छ ।