• २९ पुस २०८२, मङ्गलबार

पृथ्वीनारायण शाहको सालिक अनावरण

blog

राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको नवनिर्मित सालिक अनावरण गरिँदै ।

पाख्रीबास समाचारादाता

पाख्रीबास (धनकुटा), पुस २९ गते  । ३०४ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय दिवसको अवसरमा राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको नवनिर्मित सालिक अनावरण गरिएको छ । श्री नं. २ वाहिनी अड्डा, हिले ब्यारेकमा निर्माण गरिएको सालिकको अनावरण गरिएको हो । उक्त सालिक पूर्वी पृतनापति उपरथी गौरवकुमार केसीद्वारा अनावरण गरिएको थियो । नेपाली सेनाले राष्ट्रनिर्माताप्रति सलामीसमेत अर्पण गरेको थियो । उक्त सालिक राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले गरेको योगदानको सम्मान साथै राष्ट्रिय एकताको भावना अझ सुदृढ हुने अपेक्षासहित अनावरण गरिएको श्री नं. २ वाहिनी अड्डाका वाहिनीपति सहायक रथी दीवाकरविव्रmम राणाले जानकारी दिनुभयो । 

श्री नं. २ वाहिनी अड्डाको पहल र निर्देशनमा आन्तरिक तथा स्थानीय स्रोतसाधनको प्रयोग गर्दै सकल दर्जाको अथक प्रयासबाट सालिक निर्माण गरिएको श्री नं. २ वाहिनी अड्डाका वाहिनीपति सहायक रथी राणाले बताउनुभयो ।