• २९ पुस २०८२, मङ्गलबार

माघे सङ्क्रान्ति नजिकिएसँगै बढ्यो गुडको माग

blog

राजविराज बजारमामा गुड बिक्री गर्दै धर्मेन्द्र साह । तस्बिर : सुधा देव

सुधा देव
भारदह(सप्तरी), पुस २९ गते ।
माघे सङ्क्रान्ति नजिकिँदै जाँदा जिल्लाको राजविराज बजारमा  गुडको माग बढेको छ । सङ्क्रान्तिमा मुरही (भुजा), चिउरा, तिलको लड्डु, चाकुलगायत बनाउन गुडको प्रयोग गर्दै आएकाले माग बढेको हो ।

आगामी माघ १ गते मनाइने सङ्क्रान्तिमा गुडबाट बनाइएको लड्डुहरूलाई महत्त्व दिएकाले गुडको माग अत्यधिक बढेको राजविराज बजारमा गुड बेच्दै आउनुभएको ५० वर्षीय धर्मेन्द्र साहले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘आफूले ३३ वर्षदेखि गुडको व्यवसाय गर्दै आएको छुँ । अरूबेला यस व्यवसायबाट जसोतसो परिवार धान्दै आए पनि माघे सङ्क्रान्ति नजिकिएपछि प्रत्येक वर्षको पुस महिनामा गुडको माग बढ्दै गएपछि राम्रो आम्दानी हुँदै आएको हो ।’’

अहिले दैनिक पाँचदेखि छ सय केजीसम्म गुड बिक्री हुँदै आएको उहाँको भनाइ छ । बजारमा एक सयदेखि दुई सय रुपियाँ सयसम्म बिक्री हुँदै आएको साहले बताउनुभयो । पुसमा गुडबाट राम्रो आम्दानी हुँदै आएको उहाँको भनाइ छ ।

राजविराज बजारमा वर्षैदेखि तीन जनाले छुट्टाछुट्टै गुडको पसल सञ्चालन गर्दै आएको स्थानीय कविता रामले बताउनुभयो ।