मुग्लिङ–नारायणगढ सडकखण्डको तुइनखोलामा शुव्रmबार साँझ छ बजेदेखि सुक्खा पहिरो खसेर बाटो अवरुद्ध भएको छ । पहिरो पन्छाएर यातायात सञ्चालनको तयारी गर्दागर्दै फेरि ठुलो पहिरो खसेर बाटो पूर्ण रूपमा भएको हो ।
सप्तरी प्रहरीले दुई जना विदेशी महिलालाई नियन्त्रणमा लिएको छ । जिल्लाको बलान बिहुल गाउँपालिका–४ बेल्हीस्थित चन्ही–बेल्ही भित्रि सडक खण्डबाट प्रहरीले दुई विदेशी महिलालाई नियन्त्रणमा लिएको हो ।
सिन्धुली जिल्लामा जेनजी समूहको आन्दोलनका व्रmममा आगजनी र तोडफोडबाट ध्वस्त भएका सरकारी कार्यालयलाई सेवा प्रवाह गर्न सकस परेको छ । सेवा प्रवाहका लागि सुरक्षित भवन, आवश्यक पर्ने अभिलेख, उपकरण
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ह्योल्मो भाषा
दसैँ नजिकिएसँगै काठमाडौँ–धनगढी हवाई भाडा एक्कासि बढेको छ । सामान्य अवस्थामा साढे सात हजार रुपियाँ टिकट रहँदै आएकोमा चाडपर्वका बेलामा विमान कम्पनीले भाडा बढाएका छन् ।
दसैँ नजिकिँदै गर्दा रोजगारीका लागि भारत गएका परदेशी घर फर्किन थालेका छन् । स्वदेशमा रोजगारी नपाएपछि गुजारा चलाउन भारतका विभिन्न सहरबजारमा मजदुरी गर्दै आएका नेपाली घर फर्किन लागेका हुन् ।
जेनजी आन्दोलनपछि उत्पन्न विषम परिस्थितिबिच कैलालीका सरकारी निकाय लय समात्न थालेका छन् ।
जुम्लाको हिमा गाउँपालिकामा भालुको आक्रमणबाट दुई जना घाइते भएका छन् । हिमा गाउँपालिका –५ बाझगाडको भित्र वन भन्ने ठाउँमा गाईबस्तु चराउने क्रममा भालुको आक्रमणबाट दुई जना घाइते भएका हुन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित जिरेल भाषा
जिल्लामा विकास निर्माणका योजना सञ्चालन गर्दा सर्वसाधारणलाई जानकारी दिन सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ अनुसार सूचनापाटी राख्नुपर्ने प्रावधान रहेको छ तर अन्तरजिल्ला जुम्लाको सघन सहरी तथा भवन आयोजना कार्यालय, सडक डिभिजन कार्यालय जुम्लाले मुगुका अधिकांश योजनामा यस्तो सूचनापाटी नराखेको पाइएको हो ।
यहाँको लेकबेँसी नगरपालिकाले आफ्नो आन्तरिक आम्दानी घट्दै गएकाले अबदेखि आफ्ना सम्पूर्ण सरकारी सवारीसाधन कार्यालयमै राख्ने र ती गाडीलाई कार्यालयको कामकाज प्रयोजनका लागि मात्र प्रयोग गर्न निर्देशन दिइएको छ ।
जेनजीको आन्दोलनमा जिल्लाको विभिन्न कार्यालयमा लुटिएको सामान फिर्ता हुने क्रम जारी छ । राजविराज नगरपालिकाको कार्यालय, जिल्ला प्रशासन कार्यालयमा, खड्क नगरपालिका, सप्तरी जिल्ला अदालत, डिभिजन वन कार्यालय लगायतले सूचना जारी गर्दै लुटिएको सामान फिर्ता दिन आग्रह गरेपछि केही सामान फिर्ता हुन लागेको हो ।
पर्यटकको मुख्य गन्तव्य रहेको नेपाली भाषाको उद्गमस्थल सिँजा र रारा जाने बाटोमा बजेट अभावले स्तरवृद्धि हुन सकेको छैन । यस सडकमा आउने बजेट योजना अनुसारको पर्याप्त विनियोजन नहुँदा स्तरवृद्धि हुन नसकेको हो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्घाखाँची जिल्लास्थित सरकारी कार्यालय तथा विभिन्न राजनीतिक दलका पार्टी कार्यालयमा भएको क्षतिको स्थलगत अनुगमन गर्नुभएको छ ।
जेनजीको आन्दोलनले राजनीतिक नेताहरूको घर र सम्पत्तिमा व्यापक क्षति पुगेपछि नेताहरू घरबारविहीन बन्न पुगेका छन् । घरमा आगजनी भएपछि विभिन्न राजनीतिक दलका नेताहरू आफन्तकोमा आश्रय लिएर बसेका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यको अर्घाखाँचीको हटारिमा स्थित घरमा आन्दोलनकारीले आगजनी गरेपछि उहाँकी श्रीमती दीपा आचार्य दाङस्थित मुख्यमन्त्री निवासमा बस्न बाध्य हुनुभएको छ ।