भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले बाँकेको खजुरामा लुम्बिनी प्राविधिक विश्वविद्यालय निर्माणका लागि जग्गा उपलब्ध गराउने प्रक्रिया अन्तिम चरणमा पुगेको बताउनुभएको छ ।
आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठक मङ्गलबार बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ । बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल हुनेछ ।
केन्द्रीय अस्पतालका रूपमा रहेर पनि भरतपुर अस्पताललाई सरकारले बजेट विनियोजन गर्दा विभेद भएको गुनासो सरोकारवालाले गरेका छन् ।
सेटिङ गरेर सामुदायिक वन फडानी गर्ने पाँचुलि चैतेपातल सामुदायिक वन उपभोक्ता समितिका सचिव छत्रराज तिमिल्सैनालाई डिभिजन वन कार्यालय अछामले पक्राउ गरेको छ ।
रामेछापको सदरमुकाम मन्थलीमा रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले सर्वसाधारणलाई नसर्ने रोगबाट बचाउन नयाँ अभियान सुरु गरेको छ ।
पृथ्वी राजमार्गको पोखरा–मुग्लिन सडक विस्तार आयोजनाअन्तर्गत पूर्वीखण्डमा १७ वटा पुल निर्माण पूरा भएको छ । प्रिकाष्ट प्रविधिबाट सो सङ्ख्यामा पुल निर्माण पूरा भएको आयोजनाले जनाएको छ ।
चैते धानखेतीतर्फ किसानलाई आकर्षित गर्ने उद्देश्यले तनहुँमा ‘चैते धानखेती प्रवर्द्धन कार्यक्रम’ सञ्चालन गरिएको छ । अधिकांश सिञ्चित क्षेत्रका खेतमा चैते धान रोपाइँ जारी रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ ।
चैत्र शुक्ल एकादशीका दिन आज मनोकामना पूरा हुने विश्वाससहित कामदा एकादशीको विधिपूर्वक व्रत गरिँदैछ ।
रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–७ भरवलिया गाउँमा पिकअप भ्यान दुर्घटना हुँदा एक बालिकासहित दुई जनाको मृत्यु भएको छ भने अन्य २२ जना घाइते भएका छन् ।
क्यान्सरपीडित विपन्न नागरिकको उपचारका लागि सहयोग गर्दै आएको क्यान्सर केयर नेपाललाई सुकेधारास्थित पाँचतारे होटल मर्क्यूर काठमाडौँले आर्थिक सहयोग गरेको छ ।
लामो समयसम्म पानी नपरेर खरेडी लागेकाले जिल्लाका अधिकांश जङ्गलमा डढेलो लाग्न थालेको छ । हालसम्म यहाँका ३६ सामुदायिक तथा सरकारी जङ्गलमा लागेको डढेलोले सात सय ११ हेक्टर क्षेत्रफल नष्ट गरेको छ ।
स्थानीय सरकारले शैक्षिक सुधारमा नीति तथा कार्यक्रम बनाएर गुणास्तर वृद्धिमा लगानी गरेपछि सामुदायिक विद्यालयहरुको शैक्षिक नतिजा शतप्रतिशत आउन थालेको छ ।
सुर्खेत उद्योग वाणिज्य संघको अध्यक्षमा हर्षविक्रम खड्का निर्विरोध निर्वाचित हुनुभएको छ । सोमबार उम्मेदवारी दिने दिनको अन्तिम समयसम्म खड्काको मात्र उम्मेदवारी परेपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो । खड्का यसअघिको वाणिज्य संघको निर्वाचनमा लक्ष्मण कँडलेसँग पराजित हुनुभएको थियो ।
अन्नपूर्ण प्रथम हिमालको चुचुरोमा सोमबार वसन्तकालिन यामको सबैभन्दा धेरै आरोही पुगेका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथमको पाँच समहुका स्वदेशी र विदेशी गरी ३२ आरोहीले सफल आरोहण गरेका हुन् ।