राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐनको संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको छ ।
चुरे क्षेत्रमा परेको भीषण वर्षाले महोत्तरीको बर्दीबास–३ स्थित चुरे क्षेत्रमा पर्ने पाटु गाउँमा तीन दिनदेखि खानेपानीको आपूर्ति ठप्प भएको छ ।
दाङमा एक वर्ष छ महिनामा बन्नुपर्ने पुल निर्माण व्यवसायीको लापरबाहीका कारण आठ वर्षसम्म अलपत्र परेको छ । तुलसीपुर उपमहानगरपालिका–१३ गिधनियास्थित दुईसोता पुल लामो समयसम्म बन्न नसक्दा अलपत्र परेको हो ।
गुल्मीको विभिन्न दसैँ घर (कोत)हरूमा नवदुर्गा पूजाको तयारी सुरु भएको छ । जिल्लाका मुख्य कोतहरूमा घटस्थापानादेखि दशैको टीकासम्म नियमित पूजा हुने गर्दछ।
नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रमा डेढ करोड बढी विद्युत बक्यौता बाँकी रहेको छ । आर्थिक वर्ष २०८१–८२ मा केन्द्रमा एक करोड ६५ लाख ३२ हजार दुईसय ४२ रुपियाँ १६ पैसा बक्यौता रहेको हो ।
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–१, छोसेरका कृषक आङ्ग्याल गुरूङ च्याङ्ग्रा लिएर छिमेकी जिल्ला म्याग्दीको सिमाना घाँसासम्म आउन १० दिन लाग्यो ।
कैलालीमा दुई लाख नागरिकका राष्ट्रिय परिचयपत्र जलेर नष्ट भएको छ । जेनजी आन्दोलनको क्रममा सरकारी कार्यालयमा आगजनी गरिएपछि राष्ट्रिय परिचयपत्र जलेर नष्ट भएको हो ।
नेप्सेले गत चैतदेखि धितोपत्र बजारमा २ः४५ बजे देखि ३ः०० बजेसम्म कायम मूल्यको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य हुने व्यवस्था ल्याएको थियो । उक्त व्यवस्था हाललाई स्थगित गरिएको नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलीले जानकारी दिनुभयो ।
चिनियाँ मूल कम्पनी बाइटडान्सले टिकटकको अमेरिकी सञ्चालन बेच्ने सम्झौताले अमेरिकीकै नियन्त्रणमा रहेको नयाँ बोर्ड गठन गर्ने भएको ह्वाइट हाउसले जनाएको छ ।
बैतडीको शिवनाथ गाउँपालिका–५, बिनपत्याका ४० वर्षीय लक्ष्मण दयालको अरिङ्गालको टोकाइबाट मृत्यु भएको छ ।
आज पनि देशका विभिन्न सात ठाउँमा सडक अवरुद्ध भएका छन् । नेपाल प्रहरीका अनुसार अहिले जाजरकोट–डोल्पा खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।
तोकिएको समयसिमा भन्दा छ महिना अगाडि बागलुङको रेश आधारभूत अस्पतालको भवन निर्माण सम्पन्न भएको छ । काठेखोला गाउँपालिका –७ रेशमा पाँच शय्याको आधारभूत अस्पताल निमार्ण भएको छ ।
स्थानीय बजारमा सुनको मूल्य प्रतितोला एक हजार १०० ले बढेको छ । आज सुन प्रतितोला दुई लाख १७ हजार १०० मा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गत शुक्रबार सुन प्रतितोला रू दुई लाख १६ हजारमा खरिद बिक्री भएको थियो ।
ताप्लेजुङमा अरिङ्गालको टोकाइबाट एक बालकको मृत्यु भएको छ । मेरिङ्देन गाउँपालिका–२, सान्थाक्राका १३ वर्षीय पेम्बा साङ्बु शेर्पाको मृत्यु भएको हो ।
गोरखापत्र दैनिकका इनरुवा समाचारदाता जयकृष्ण यादवलाइ रेखा यादव स्मृति पत्रकारिता पुरस्कार २०८२ बाट पुरस्कृत गरिएको छ ।