कैलालीमा दुई लाख नागरिकका राष्ट्रिय परिचयपत्र जलेर नष्ट भएको छ । जेनजी आन्दोलनको क्रममा सरकारी कार्यालयमा आगजनी गरिएपछि राष्ट्रिय परिचयपत्र जलेर नष्ट भएको हो ।
नेप्सेले गत चैतदेखि धितोपत्र बजारमा २ः४५ बजे देखि ३ः०० बजेसम्म कायम मूल्यको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य हुने व्यवस्था ल्याएको थियो । उक्त व्यवस्था हाललाई स्थगित गरिएको नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलीले जानकारी दिनुभयो ।
चिनियाँ मूल कम्पनी बाइटडान्सले टिकटकको अमेरिकी सञ्चालन बेच्ने सम्झौताले अमेरिकीकै नियन्त्रणमा रहेको नयाँ बोर्ड गठन गर्ने भएको ह्वाइट हाउसले जनाएको छ ।
बैतडीको शिवनाथ गाउँपालिका–५, बिनपत्याका ४० वर्षीय लक्ष्मण दयालको अरिङ्गालको टोकाइबाट मृत्यु भएको छ ।
आज पनि देशका विभिन्न सात ठाउँमा सडक अवरुद्ध भएका छन् । नेपाल प्रहरीका अनुसार अहिले जाजरकोट–डोल्पा खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।
तोकिएको समयसिमा भन्दा छ महिना अगाडि बागलुङको रेश आधारभूत अस्पतालको भवन निर्माण सम्पन्न भएको छ । काठेखोला गाउँपालिका –७ रेशमा पाँच शय्याको आधारभूत अस्पताल निमार्ण भएको छ ।
स्थानीय बजारमा सुनको मूल्य प्रतितोला एक हजार १०० ले बढेको छ । आज सुन प्रतितोला दुई लाख १७ हजार १०० मा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गत शुक्रबार सुन प्रतितोला रू दुई लाख १६ हजारमा खरिद बिक्री भएको थियो ।
ताप्लेजुङमा अरिङ्गालको टोकाइबाट एक बालकको मृत्यु भएको छ । मेरिङ्देन गाउँपालिका–२, सान्थाक्राका १३ वर्षीय पेम्बा साङ्बु शेर्पाको मृत्यु भएको हो ।
गोरखापत्र दैनिकका इनरुवा समाचारदाता जयकृष्ण यादवलाइ रेखा यादव स्मृति पत्रकारिता पुरस्कार २०८२ बाट पुरस्कृत गरिएको छ ।
एउटा सुन्दर गुम्बा छ । छेवैमा सानो ताल, वरिपरि प्रकृति, तालमा कमललगायतका फूल फक्रिरहेका छन् । कलाकार आना ढकालले प्रकृतिलाई उधिनेर क्यान्भासमा सजाउनुभएको यो दृश्य ललितपुरको सानेपास्थित कुञ्ज कला प्रदर्शनीको एउटा आकर्षण हो ।
जिल्लाका दुई वटा स्थानीय तहमा कृषि तथा पशुपक्षी सेवा केन्द्र स्थापना गरिएको छ । पालिका भित्रका कृषकलाई सहज रूपमा सेवा प्रवाह गर्ने उद्देश्यले प्युठान नगरपालिका र स्वर्गद्वारी नगरपालिकामा नयाँ भवनसहित सेवा केन्द्र स्थापना गरिएको हो ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१, मा अवस्थित हिन्दू तथा बौद्धमार्गीहरूको महत्त्वपूर्ण तीर्थस्थल मुक्तिनाथ मन्दिरमा आइतबार विहानैदेखि भक्तजनहरूको थामिनसक्नु भिड लागेको छ ।
जेनजी आन्दोलनको क्रममा भएको आगजनी, लुटपाट तथा तोडफोडका कारण जिल्लाको कन्चनरूप नगरपालिकामा दुई करोड ५० लाख बराबरको क्षति भएको छ ।
गोरखापत्र दैनिक देउखरीका समाचारदाता दिवाकर पोख्रेललाई मातृशोक परेको छ । उहाँकी आमा लमही–६ देउपुर निवासी ६० वर्षीया इन्द्रकला पोख्रेलको आइतबार बिहान निधन भएको हो । पोख्रेल विगत केही समयदेखि बिरामी हुनुहुन्थ्यो ।
अरू वर्ष जस्तै यो वर्ष पनि निर्मला र नवीनले स्कुलको अन्तिम परीक्षा सकिएपछि गाउँ जाने योजना बनाएका थिए । गाउँमा खेतीपाती गरेर बस्ने हजुरआमा, हजुरबुवा, काकाकाकीलाई भेट्न र गाउँको वातावरणमा रमाउन उनीहरूलाई धेरै मन पथ्र्यो ।