शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, चैत १७ गते । सङ्घीय संसदको दुबै सदनको बैठक बिहीबार दिउँसो २ बजे बस्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलबाट दुबै सदनको बैठक आह्वान भएपछि संसद संचिवालयले आज (बुधबार) सिट व्यवस्थापनको कार्य गर्ने जानकारी संसदका प्रवक्ता एकराम गिरीले दिनुभयो ।
बिहीबार संसद बैठक सञ्चालनका लागि बुधबार सर्वलदीय बैठक बस्ने र त्यसले सम्भावित कार्यसूची तयार गर्ने जानकारी पनि उहाँले दिनुभयो ।
सोही बैठकले तय गरेको सम्भावित कार्यसूची आज सार्वजनिक गरिने प्रवक्त गिरीको भनाइ छ ।
प्रतिनिधि सभाको बैठक सिंहदरबारस्थित सङ्घीय संसद् भवनको बहुउद्देश्य कक्षमा बस्ने छ । यसैगरी, राष्ट्रिय सभाको बैठक संसदीय संसद सचिवालयस्थित राष्ट्रिय सभा कक्ष सिंहदरबारमा बस्ने छ ।
गत फागुन २१ मा प्रतिनिधि सभाको निर्वाचन भएपछि संसदको पहिलो बैठक बस्न लागेको हो ।