• २९ पुस २०८२, मङ्गलबार

पठन संस्कृति घट्दै गएकोमा विज्ञको चिन्ता

blog

प्याब्सन र अक्सफोर्ड युनिभर्सिटी प्रेस इन्डियाबिच भएको समझदारी पत्र हस्तान्तरण कार्यक्रममा सहभागी ।

काठमाडौँ, पुस २९ गते। स्कुले विद्यार्थीमा पठन संस्कृति घट्दै गएकोमा चिन्ता व्यक्त गरिएको छ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले आयोजना गरेको कार्यक्रममा सो चिन्ता व्यक्त गरिएको हो।

प्याब्सनका अध्यक्ष कृष्ण अधिकारीले पठन संस्कृति घट्दै गएकाले शैक्षिक गुणस्तरमा प्रभाव परेको बताउनु भयो।

उहाँले पढाइलाई जीवन संस्कारका रूपमा स्थापित गर्नुपर्ने बताउँदै पुस्तकालयको प्रयोग गर्न विद्यार्थीलाई प्रेरित गर्नुपर्ने विचार व्यक्त गर्नु भयो।

प्याब्सनका पूर्वअध्यक्ष डिके ढुङ्गानाले डिजिटल लतले पठन संस्कृति घट्दै गएको बताउँदै यसले चिन्ता थपिएको उल्लेख गर्नु भयो।

अक्सफोर्ड युनिभर्सिटी प्रेस इन्डियाका प्रबन्ध निर्देशक सुकान्तो दासले हरेक दिन न्यूनतम समय छुट्याएर अतिरिक्त पुस्तक पढाउँदा पठन संस्कृति बढ्न सक्ने सुझाव दिनु भयो।

यसैबिच प्याब्सन र अक्सफोर्ड युनिभर्सिटी प्रेस इन्डियाबिच पठन संस्कृति बढाउन र शैक्षिक सुधार गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ।