शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
गोरखापत्र अनलाइन
काठमाडौँ, पुस २९ गते । चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) को अन्तर्राष्ट्रिय विभाग अन्तर्गत नेपाल मामिला प्रमुख झेङ युयाको नेतृत्वमा सिपिसी प्रतिनिधि मण्डल तीन दिनका लागि नेपाल भ्रमणमा आउनु हुनेभएको छ । आउने साता उहाँहरुको टोली नेपाल आइपुग्ने बताइएको छ ।
नेपालमा जेनजी पुस्ताको आन्दोलनपछि पश्चिमा राष्ट्रहरूको प्रभाव नेपालमा बढेको आशङ्का बढेका बेला चिनियाँ कम्युनिस्ट पार्टीका प्रतिनिधि मण्डलको नेपाल भ्रमणलाई महत्त्वका साथ हेरिएको छ ।
उहाँहरूको भ्रमणले नेपाल–चीनबिचको मित्रतालाई थप प्रगाढ हुने विश्वास गरिएको छ । सिपिसी प्रतिनिधि मण्डलले नेपाल भ्रमणका क्रममा राष्ट्रपति, प्रधानमन्त्री, प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग भेट हुने चीनसँग सम्बन्धित एक संस्थाकी प्रतिनिधि सरला नेपालीले बताउनु भयो ।