नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती हुने जनाएको छ । प्राधिकरणले सूचना प्रकाशित गरी महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका विभिन्न तीन वटा फिडरमा विद्युत् कटौती हुने जनाएको हो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको बन्दसूचीबाट कूल १७५ जना उम्मेदवारले नाम फिर्ता लिएका छन् ।
वैदेशिक रोजगार विभागले रोजगारीका लागि इराकमा काम गरेर आधिकारिक आवासीय कार्ड ‘भ्यालिड रेसिडेन्सी कार्ड’ प्राप्त गरेका नेपाली श्रमिकलाई श्रम स्वीकृति दिन थालेको छ ।
लामो समयसम्म निर्माण व्यवसायीको लापरबाहीका कारण विस्तार हुन नसकेको अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडकखण्डको पुनर्निर्माणले गति लिएको छ ।
देशभर पाँचदेखि १७ वर्ष उमेर समूहका सात लाख ७० हजार बालबालिका विद्यालयबाहिर छन् । ती बालबालिकामध्ये ५० प्रतिशत बालबालिका कहिल्यै विद्यालयै गएका छैनन् भने बाँकी ५० प्रतिशत बालबालिकाले बिचैमा विद्यालय छाड्ने गरेका छन् ।
मधेश प्रदेशको मुख्य न्यायाधिवक्ता पदमा सर्लाही जिल्ला ईश्वरपुर नगरपालिका १४ निवासी डा. सुनिलरञ्जन सिंह नियुक्त हुनुभएको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नयाँ जनादेशबाट मुलुकको समृद्धिको यात्रा अघि बढने बताउनुभएको छ । मङ्गलबार टीकापुर उद्योग वाणिज्य सङ्घको आयोजनामा सुरु भएको टीकापुर महोत्सव २०८२ को उद्घाटन गर्दै मुख्यमन्त्री शाहले यस्तो बताउनुभएको हो ।
नेपाल सद्भावना पार्टी र आम जनता पार्टीबीच औपचारिकरूपमा पार्टी एकीकरण भएको छ । रामकुमार महतो नेतृत्वको नेपाल सद्भावना पार्टी र प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) बीच मङ्गलबार धनुषाको महेन्द्रनगरमा आयोजित एक समारोहका बीच एकीकरण घोषणा गरिएको हो ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई पद नचाहिएको बताउनुभएको छ ।
नेपाली कांग्रेसका नेता श्यामकुमार घिमिरेले पार्टीमा पछिल्लो समय देखिएको विवाद समाधानका लागि नेताहरूबीच छलफल र वार्ता सकारात्मक रूपमा अघि बढेको बताउनुभएको छ।
अन्तरराष्ट्रिय क्रिकेट काउन्सिलको आयोजनामा भारत र श्रीलङ्कामा संयुक्त रुपमा सञ्चालन हुने आइसिसी टी–२० पुरुष विश्वकप क्रिकेट प्रतियोगिताको तयारीस्वरुप नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलङ्का र भारतमा गएर अभ्यास गर्ने भएका छन् ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको मिति घोषणा भइसकेपछि विधि र प्रविधि परिवर्तन गर्न नमिल्ने बताउनुभएको छ ।
गुल्मीको सदरमुकाम तम्घासमा रहेको करदाता सेवा कार्यालय खारेज गर्ने सरकारको निर्णयप्रति उद्योग वाणिज्य संघ गुल्मीले आपत्ति जनाउँदै ध्यानाकर्षण गराएको छ।
आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिने निर्वाचन प्रहरीमा युवा पुस्ताको आकर्षण देखिएको छ। ताप्लेजुङमा हाल भइरहेको निर्वाचन प्रहरी भर्नाअन्तर्गत आवेदन (दरखास्त) दिनेमा युवा पुस्ताको आकर्षण देखिएको हो।
सशस्त्र प्रहरी बल, नेपालका केन्द्रीय प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक मनिष थापाका अनुसार बालुवाले पुरिएको अवस्थामा उत्खनन् गर्दै जाँदा गणपति डिलक्स लेखिएको बस मङ्गलबार फेला परेको हो ।