सुदूरपश्चिमको सबै जिल्लालाई आवश्यक पर्ने पाठ्यपुस्तक प्रदेश अस्थायी राजधानी धनगढी पुगेको छ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशको समग्र विकासमा श्रोत व्यवस्थापनको विषय चुनौतीपूर्ण बन्दै गएको बताउनुभएको छ ।
जलजला गाउँपालिका–८ फर्सेकी सावित्री खत्री व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । कृषि पेसाबाट गाउँमै केही गर्न सकिन्छ भनेर विगत ११ वर्षदेखि व्यावसायिक कृषिखेतीमा सक्रिय खत्रीले च्याउ र तरकारीखेतीबाट बर्सेनि रु १२ लाखभन्दा बढी आम्दानी गर्न थाल्नुभएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ स्थित पर्यटकीय स्थल पुनहिलमा विद्युत सेवा विस्तार भएपछि यहाँ पुग्ने पर्यटकलाई सहज भएको छ ।
आँबुखैरेनी गाउँपालिकाले गाउँपालिकाभित्रका विद्यालयका विद्यार्थीको उपचार आँबुखैरेनी अस्पतालमा निःशुल्क गर्ने निर्णय गरेको छ । गाउँपालिकाको शिक्षा समितिले पालिकाभित्रका कुनै विद्यार्थी बिरामी भए आँबुखैरेनी अस्पतालभित्र हुने सम्पूर्ण उपचार निःशुल्क गर्ने निर्णय गरेको हो ।
गुल्मीको गुल्मीदरबार गाउँपालिका–६ को बेलपोखरामा मानिसको कङ्काल फेला परेको छ ।
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीको सङ्गठनलाई मजबुत बनाउन विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।
धनुषाको धनुषाधाम नगरपालिका–३, तेजनगरकी मानकुमारी भण्डारीले वार्षिक १५ हजार रुपियाँमा १० कट्ठा जमिन भाडामा लिएर गेंदा फूल खेती गर्दै आउनुभएको छ ।
प्यूठानको माण्डवी गाउँपालिका ३ ले अति विपन्न बालबालिकालाई लक्षित गरी निःशुल्क आवासीय शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा राजतन्त्र औचित्य समाप्त भएको बताउनुभएको छ ।
नेपाल आँखा अस्पतालमा चार वर्षमा अस्पतालमा सेवा लिएको सङ्ख्या ५० प्रतिशतले वृद्धि भएको छ । अस्पतालले वार्षिकोत्सवको अवसरमा अस्पतालका कार्यकारी अधिकृत धर्मराज गोसाइँले अस्पतालमा सेवा दिनेको सङ्ख्यामा ५० प्रतिशतले वृद्धि भएको जानकारी दिनुभएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार मधेश प्रदेश सभालाई सम्बोधन जनकपुरधाम आउँदै हुनुहुन्छ ।
धौलागिरि आयुर्वेद अस्पताल बागलुङमा पूर्वाधार विस्तार गरिएको छ । गण्डकी प्रदेश सरकारले पाँच शय्याको धौलागिरि आयुर्वेद अस्पताललाईअन्तर्गत सेवासहित २५ शय्यामा सुविधायुक्त अस्पतालका रूपमा स्तरवृद्धिको तयारी गरिरहेको छ ।
गुल्मीको सिमीचौरमा स्काभेटर दुर्घटना भएको छ । दुर्घटनामा चालक दाङ लमही नगरपालिका–१ का ३० वर्षीय यंकबहादुर मगर घाइते हुनुभएको छ । उहाँको टाउको, ढाड र दाँया खुट्टामा चोट लागेकाले गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
शिक्षामा सुधार ल्याउने भन्दै गत वैशाखमा बुंगल नगरपालिकाले पालिकाभित्रका सामुदायिक विद्यालयहरू समायोजन गर्यो । कतिपय विद्यालय गाभिए, कतिपयको तह घटाइयो, तर नगरपालिकाले विद्यालय समायोजनको एक वर्ष पुग्नै लाग्दा पनि शिक्षक दरबन्दी मिलान गर्न नसक्दा विद्यार्थीहरू शिक्षक अभावमै वर्ष टुङ्ग्याउन बाध्य भए ।