• २९ पुस २०८२, मङ्गलबार

राप्रपा, नेपाल नागरिक पार्टी र नेपाल हाउसको एकीकरण

blog

पार्टी एकीकरण कार्यक्रममा सहभागी नेताहरू ।

काठमाडौँ, पुस २९ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल नागरिक पार्टी र नेपाल हाउस पार्टीबिच पार्टी एकीकरण भएको छ । 

मङ्गलबार राप्रपा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा तीन पार्टीबिच एकीकरण भएको हो। राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित विशेष कार्यक्रममा तीन दलका शीर्ष नेताले एकीकरण घोषणा गरेका हुन् । 

एकीकरणपछि नयाँ पार्टीले राष्ट्रिय प्रजातन्त्र पार्टीकै नाम, झण्डा र चुनाव चिह्न कायम राख्ने सहमति भएको छ ।