• १७ चैत २०८२, मङ्गलबार

लेबनानका स्वास्थ्य केन्द्रमा आक्रमण जारी : राष्ट्रसङ्घ

blog

न्युयोर्क, चैत १७ गते । लेबनानका स्वास्थ्य केन्द्रमा निरन्तर आक्रमण निरन्तर जारी रहेको संयुक्त राष्ट्र सङ्घले चेतावनी दिएको छ । पछिल्लो समयमा लेबनानले निरन्तर ८७ वटा आक्रमणको सामना गर्दा ५२ जना स्वास्थ्य कार्यकर्ताको मृत्यु हुनुका साथै अन्य १२६ जना घाइते भएको जनाइएको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार एक हप्ताको समयमा सात वटा आक्रमणका घटना दर्ता भएका छन् भने आक्रमणमा कम्तीमा नौ जना स्वास्थ्य कार्यकर्ताको आफ्नो कर्तव्य निर्वाह गर्दा गर्दै मृत्युवरण गरेका छन् संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले दक्षिणी लेबनानमा भएको आक्रमणले कयौँ हताहत हुनुका साथै सवारी साधनसहित एम्बुलेन्समा पनि प्रहार गरेको बताउनुभएको छ ।

यसको बावजुद, संयुक्त राष्ट्र सङ्घ र यसका साझेदार सस्थाले लेबनानमा आवाश्यक सहयोग र सहकार्य जारी राखेको उहाँले बताउनुभएको छ । डब्ल्युएचओ र अन्य साझेदारले विस्थापित मानिसलाई स्वास्थ्य परामर्श २२ हजार भन्दा बढी मानिसलाई आवश्यक औषधी प्रदान गरेको डुजारिकले उल्लेख गर्नुभएको छ । उहाँले दक्षिणी लेबनानमा सैन्य कारबाही विस्तार गर्ने सम्बन्धमा इजरायली सरकारले गरेको घोषणाको विकल्पमा मानवीय र स्वास्थ्य कार्यकर्ता लगायत नागरिक पूर्वाधारको रक्षा गर्न आवश्यक रहेको बताउनुभएको छ । 

लेबनानका मानवीय संयोजक इमरान रिजा र डब्ल्युएचओका प्रतिनिधि डाक्टर अब्दिनसिर अबुबाकरले सयुक्त रुपमान जारी  जारी गरिएको विज्ञप्तिमा स्वास्थ्य कार्यकर्ता र उत्तरदाताको सुरक्षाका लागि आह्वान गरिएको छ । विगत २४ घन्टाको समय अवधिमा भएका दुई वटा छुट छुट्टै घटनामा तीन जना शान्ति रक्षकको मृत्यु भएको जनाइएको छ । रासस/क्यूएनए