• २९ पुस २०८२, मङ्गलबार

बाँकेमा खजुरा गोल्डकपको तयारी

blog

गोल्डकप बारे छलफलमा सहभागी । तस्बीर : गोविन्द शर्मा

गोविन्द शर्मा

बाँके, पुस २९ गते । बाँकेको खजुरा गाउँपालिकाको डिगाउँमा खजुरा गोल्डकपको आयोजना गरिने भएको छ । 

न्यू डाँफे स्पोर्टस क्लबले  नेपाली राष्ट्रिय ए डिभिजन र भारत लखनउको सहित आठ वटा टोलीको सहभागितामा खजुरा गोल्डकप आयोजनाका लागि तयारी सुरु गरेको हो । 

आयोजक न्यू डाँफे स्पोर्टस क्लबका अध्यक्ष बालाराम खत्रीले आम खजुराबासीले अपनत्व लिने गरि गोल्डकपको तयारी सुरु गरिएको जानकारी दिनुभयो । 

गोल्डकपका लागि खजुरा गाउँपालिकाले सक्दो सहयोग गनेृ प्रतिवद्धता जनाएका कारण आफुहरु गोल्डकपको तयारीमा जुटेको अध्यक्ष खत्रीको भनाई छ । 

खत्रीले भन्नुभयो, “लुम्बिनी प्रदेश सरकारको करोड बढीको लागतमा निर्माण भईरहेको मिनी रङ्गशालामा यसपटक राष्ट्रिय अन्तर्राष्ट्रिय टोलीलाई आमन्त्रण गरि फुटबल प्रतियोगिता सञ्चालन गर्दैछौं ।”

खजुरामा विभिन्न क्लबहरुको आयोजनामा फुटबल प्रतियोगिता सञ्चालन हुँदै आएकोमा यसपटक साना प्रतियोगितासहित यसक्षेत्रका सम्पूर्ण क्लवहरुको सहकार्यमा गोल्डकपको तयारी सुरु गरिएको हो । 

चैतको अन्तिमसाता गोल्डकप सुरु गर्ने गरि तयारी सुरु गरिएको आयोजकले जनाएको छ । पहिलो चरणमा वृहत अन्तरक्रियासहित बिभिन्न क्षेत्रका अगुवासँग सामुहिक र अलग अलग अन्तरक्रियासहित सुझाव सङ्कलन लिने कार्य भईरहेको क्लबका अध्यक्ष खत्रीले बताउनुभयो ।