शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, पुस २८ गते । स्पेनिस सुपर कपको उपाधि बार्सिलोनाले जितेको छ । साउदी अरेबियाको जिद्दामा आइतबार राति भएको खेलमा बार्सिलोनाले रियल म्याड्रिडलाई ३–२ गोलले हरायो ।
बार्सिलोनाको यो कीर्तिमानी १६औँ उपाधि हो । ‘एल क्लासिको’ भिडन्तमा बार्सिलोनालाई जिताउन राफिन्हाले दुई तथा रोबर्ट लेवान्डोस्कीले एक गोल गर्नु भयो ।
रियलका लागि भिनिसियस जुनियर र गोन्जालो गार्सियाले एक एक गोल गर्नु भयो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ २–२ गोलको बराबरीमा सकिएको थियो ।
खेलको अन्तिममा फ्राङ्की डि जोङले रातो कार्ड पाउँदै बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा खेल सकेको थियो । एजेन्सी