• २८ पुस २०८२, सोमबार

अफगान प्रहरीद्वारा दुई बालकको उद्धार, अपहरणकारी पक्राउ

blog

काबुल, पुस २८ गते । अफगान प्रहरीले सोमबार उत्तरी अफगानिस्तानको सारी पुल प्रान्तमा दुई अपहरणकारी लुकेको ठाउँमा छापा मारी दुई जना बच्चालाई उनीहरूको कब्जाबाट उद्धार गरेको प्रान्तीय प्रहरी प्रवक्ता नकीबुल्लाह अलाम्यारले बताउनुभएको छ ।  

एक गुप्तचर सूचनाको आधारमा प्रहरीले शङ्कास्पद क्षेत्रमा अपरेसन सुरु गरी दुई अपहरणकारीलाई पक्राउ गरी दुई उनीहरुले अपहरण गरेका बच्चा फेला पारी उद्धार गरेको उहाँले बताउनुभएको छ । थप विवरण नदिई, प्रहरी अधिकारीले दुवै कथित अपहरणकारीलाई प्रारम्भिक अनुसन्धान पूरा भएपछि न्यायपालिकामा हस्तान्तरण गरिने बताउनुभएको छ ।  

पछिल्लो समयमा अपराध दर धेरै हदसम्म घटाइएको जनाइउको छ भने युद्धपछिको अफगानिस्तानमा शान्ति पुनःस्थापित भएको उल्लेख गरिएको छ । यद्यपि आपराधिक तत्वले अझै पनि आर्थिक रूपमा गरिब देशमा फिरौतीका लागि धनी परिवारका सदस्यलाई अपहरण गर्ने गरेको उल्लेख गरिएको छ । रासस/सिन्ह्वा