• २८ पुस २०८२, सोमबार

निश्चल बस्नेतद्वारा स्वास्थ्य चौकीलाई जग्गा दान

blog

कलाकार निश्चल बस्नेतद्वारा स्वास्थ्य चौकीलाई धनीपुर्जा हस्तान्तरण गर्दै । तस्बिरः कोकिला ढकाल

कोकिला ढकाल 

इलाम, पुस २८ गते । चर्चित कलाकार निश्चल बस्नेतले इलामको साँखेजुुङस्थित स्वास्थ्य चौकीलाई तीन रोपनी जग्गा दान दिनुु भएको छ । 

बस्नेतले इलाम नगरपालिका–१ मा रहेको आफ्नो अंश भागमा परेको पुर्ख्याैली जग्गा आज स्वास्थ्य चौकीलाई जग्गा पास गरी दिनुु भएको वडासचिव लोचन भट्टराईले बताउनु भयो । 

अहिले विद्यालयको एक कोठे भवनमा सञ्चालनमा छ । भवनको लागि विभागबाटै डिजाइन स्टिमेट तयार भएर आएपछि आज स्वास्थ्य चौकीको नाममा जग्गा पास भएको वडा सचिव भट्टराईले जानकारी दिनुु भयो । 

आगामी बजेटमा भवन निर्माणको काम सुुरु गरिने छ । कलाकार निश्चल बस्नेतले आफ्नो अंशको जग्गा स्वास्थ्य चौकीको नाममा पास गरेर धनीपुर्जा हस्तान्तरण गर्नु भएको छ ।