• २८ पुस २०८२, सोमबार

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

blog

काठमाडौँ, पुस २८ गते । काठमाडौँ महानगरपालिका–१३ गैरीगाउँस्थित सडकमा भएको मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ । मोटरसाइकल चालक रामेछाप नगरपालिका–५ घर भई हाल काठमाडौँ जोरपाटी बस्ने २८ वर्षीय लोकबहादुर सुनारको मृत्यु भएको काठमाडौँ उपत्यक ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनु भयो ।

उहाँले भन्नुभयो, “बा. ७१ प. ५८८९ नं को मोटरसाइकल बा. ४ ख. २८९८ नं को टिप्परमा ठक्कर खाई गए राति दुर्घटना हुँदा मोटरसाइकल चालक सुनार गम्भीर घाइते भएका थिए । उहाँको केएमसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।” 

उक्त दुर्घटनामा परी घाइते भएका मोटरसाइकलमा सवार एक जनाको सिनामङ्गलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको जनाउँदै टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रवक्ता सुवेदीले बताउनु भयो । रासस