• २८ पुस २०८२, सोमबार

साँगुरीगढीमा बेवारिसे पुरुषको शव फेला

blog

धनकुटाको साँगुरीगढीमा फेला परेको बेवारिसे पुरुषको शव ।

सन्तोष सुवेदी

पाख्रीबास (धनकुटा), पुस २८ गते । धनकुटाको साँगुरीगढी गाउँपालिका –१०, स्थित घुम्ती खोलानजिकै कोशी नदीको तीरमा एकजना पुरुषको शव फेला परेको छ । आइतवार बिहान घोप्टे परेको अवस्थामा बेवारिसे पुरुषको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय धनकुटाको प्रहरी इन्सपेक्टर किशोर तामाङका अनुसार कोशी किनारमा नाम थर नखुलेको करिब ३० देखि ३५ वर्षीय पुरुषको शव सडेगलेको अवस्थामा फेला परेको जानकारी दिनुभयो । 

बेवारिसे अवस्थामा फेला परेको शव जिल्ला प्रहरी कार्यालय धनकुटाबाट अनुसन्धान टोली खटी शवको प्रारम्भिक अनुसन्धानपश्चात् पोष्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानमा पठाइएको प्रहरीले जनाएको छ ।