• २८ पुस २०८२, सोमबार

पिकअपको ठक्करबाट साइकल यात्रीको मृत्यु

blog

 विनय कर्ण

कल्याणपुर (सप्तरी), पुस २८ गते ।सप्तरीको खडक नगरपालिकामा पिकअप गाडीको ठक्करबाट एक वृद्ध साइकल यात्रीको मृत्यु भएको छ । 

नगरपालिकाको वडा नम्बर ५ खरचुईया स्थित पूर्वपश्चिम राजमार्गमा पिकअप गाडीको ठक्करबाट सोही नगरपालिका वडा नम्बर ३ घर भएका ७९ वर्षीय साइकल यात्री लखन ठाकुरको मृत्यु भएको हो । 

आइतबार साँझ पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको नम्बर नखुलेको पिकअप गाडीले उत्तरबाट दक्षिणतर्फ सडक पार गरिरहनु भएका ठाकुरलाई ठक्कर दिएको थियो ।

 दुर्घटनामा गम्भीर घाइते ठाकुरलाई उपचारका लागि सप्तऋषि अस्पताल, लहान सिरहा लगिएकोमा उपचारकै क्रममा साँझ ७ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिनुभयो । 

ठक्कर दिने पिकअप गाडी र चालकको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।