• २७ पुस २०८२, आइतबार

तीन जना साहित्यकार सम्मानित

blog

कार्यक्रममा सम्मानित साहित्यकार गेहराज शर्मा । तस्बिरः सुजल श्रेष्ठ

सुजल श्रेष्ठ

प्युठान, पुस २७ गते । जिल्लाका तीन जना अग्रज साहित्यकारलाई सम्मान गरिएको छ । लुम्बिनी वाङ्मय प्रतिष्ठान प्युठान शाखाले राष्ट्रिय एकता दिवसको अवसरमा आइतबार साहित्यकारलाई सम्मान गरेको हो ।

साहित्य परिषद प्युठानका पूर्व अध्यक्ष गेहराज थापा, कमल पोख्रेल र अग्रज साहित्यकार लिला पुनलाई नगद, सम्मानपत्र र दोसल्ला प्रदान गरिएको हो । जिल्लाको साहित्यलाई अगाडि बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेकोमा तीन जना साहित्यकारलाई सम्मान गरिएको लुम्बिनी वाङ्मय प्रतिष्ठान प्युठान शाखा अध्यक्ष सानु गुल्मेलीले बताउनु भयो ।

राष्ट्रिय एकता दिवसको अवसरमा प्रदेशस्तरीय साहित्य भेला, स्रष्टा सम्मान र परिसंवाद कार्यक्रम गरिएको थियो । कार्यक्रममा प्युठानसहित रोल्पा, अर्घाखाँची, रूपन्देही र पाल्पाका साहित्यकर्मीको सहभागिता थियो ।