देशको अर्थतन्त्रबारे अनेक समीक्षा हुने गरेका छन् । अर्थतन्त्र शिथिल भएको विमर्श यताका दिनमा अलि बढी नै पनि भएको छ । केन्द्रीय बैङ्कले जारी गरेको अर्थतन्त्रका सूचकाङ्कमा भने अर्थतन्त्र सुधारतर्फ अग्रसर भएको देखिएको छ । पर्याप्त तरलता र न्यून ब्याजदरले लगानीका स्रोतसाधनको पहुँच बढ्न सक्ने पाइएको छ । देश बाहिरबाट आउने विप्रेषणसमेत उच्च दरले बढेका
राजनीति राज्य सञ्चालनको सर्वोच्च तथा नियन्त्रक नीति हो । मुलुकको कुनै पनि किसिमको समृद्धि राजनीतिबिना सम्भव हुँदैन । कुनै पनि मुलुकको अग्रगमन तथा समृद्धि त्यो देशको राजनीति र नेतृत्वसँग जोडिएकै
नेपालको मूल समस्या नै अस्थिरता हो । प्रजातन्त्र पुनस्र्थापनायता २०४८ सालदेखिका कुनै पनि सरकारले पाँचबर्से कार्यकाल पूरा गर्न पाएका छैनन् । यो नै नेपाल पछि पर्नुको मूल कारण हो । मध्यावधि निर्वाचनको कारणले होस् वा सरकार असफल भएर किन नहोस् । सरकार अस्थिरताको भुमरीमा पर्दै आएकाले नेपालमा अपेक्षित विकास हुन सकेको छैन । गत भदौ २३ र २४ गते भएको जेन
आर्थिक गणना भनेको व्यवसाय र आर्थिक क्रियाकलापसम्बन्धी बृहत् गणना हो, जसबाट उत्पादन, रोजगारी, व्यवसायको संरचना र उद्यमशीलताको वातावरणलगायत विषयमा महत्वपूर्ण तथ्याङ्क र सूचना प्राप्त हुन्छ ।
समय र कालखण्डले युगपुरुष जन्माउँछ । नेपालको राजनीतिक, सामाजिक र सांस्कृतिक अवस्था अध्ययन गर्दा वीर वीरङ्गनाको जन्म यसरी नै भएको देखिन्छ । तत्कालीन गोरखा राज्यका संस्थापक द्रव्य शाहले रा
डडेल्धुरामा ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
१०० वर्ष अघिको गोर्खापत्र
आज राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
कविडाँडा साहित्य समाज चितवनको आयोजनामा ‘थारू समाज संस्कृति र साहित्य’ विषयक कार्यशाला गोष्ठीमा वक्ताहरूले संस्कृतिमाथिको विखण्डन रोक्न आग्रह गरेका छन् । लेखक नीलम कार्की निहारिकाले संस्कृति र साहित्य एकापसमा परिपूरक भएको बताउनुभयो । “साहित्य संस्कृतिसँग जोडिएको छ । संस्कृति नबुझी साहित्य लेख्न सकिँदैन,” उहाँले भन्नुभयो । उहाँले इतिहासप्रति नेपालीको रुचि नहुँदा दुःख लागेको धारणा व्यक्त गर्नुभयो ।
नेपाली साङ्गीतिक क्षेत्रका युवा ढुकढुकी गायक उजं शाक्य शनिबार सम्मानित हुनुभएको छ । श्री भाष्करदेव संस्कारित केशचन्द्रवृत पारावत् महाविहार इतुंबाहाः संरक्षण समाजले २० औँ साधारण सभाको अवसरमा गीतसङ्गीतका माध्यमबाट देशभरि नेपाल भाषालाई थप उचाइमा पु¥याएर अतुलनीय योगदान दिएको भन्दै उजंलाई सम्मान गरिएको हो । सो अवसरमा मूर्तिकार ज्ञानबहादुर शाक्य पनि सम्मानित हुनुभयो । इतुंबाहाः संरक्षण समाजका अध्यक्ष प्रज्ञारत्न शाक्यले दुवैलाई दोसल्ला ओढाएर कदरपत्रसहित सम्मान गर्नुभयो ।
निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउने उद्देश्यका साथ सामाजिक सञ्जालमा हुने गतिविधिलाई पनि आचारसंहिताको दायरामा ल्याएको छ ।
धनकुटा महालक्ष्मी नगरपालिका–४, चानुवामा परम्परागत रूपमा उत्पादन हुने सक्खर आम्दानीको दरिलो आधार बनेको छ । घरेलु पद्धतिबाटै तयार गरिएको सक्खरको माग र मूल्यसमेत आकर्षक छ ।
धनकुटाको मुगा पुगेको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को टोलीले प्रदर्शन गरेको पानी तान्न प्रयोग हुने नयाँ प्रविधिप्रति कृषक आकर्षित भएका छन् । सौर्य ऊर्जा प्रणालीमार्फत करिब ६० मिटर माथि पानी फाल्ने प्रविधि कृषकमाझ प्रदर्शनीमा ल्याइएको हो । यो प्रविधि गाउँघरका खोला खोल्सा तथा पोखरीबाट माथि पानी तान्न उपयोगी हुने भएकाले कृषक आकर्षित भएका हुन् ।
घोषणा भएको आठ वर्ष बितिसक्दा पनि गण्डकी प्रदेशका दुई औद्योगिक क्षेत्र निर्माण अगाडि बढ्न सकेको छैन । कास्कीको पुँडीटार र नवलपुरको लोकाहाखोलामा बन्ने भनिएको औद्योगिक क्षेत्रका लागि प्रदेश सरकारले अझै जग्गाको भोगाधिकार पाएको छैन । दुवै प्रदेश गौरवका आयोजना हुन् । जग्गा प्राप्तिको प्रक्रिया लम्बिँदा औद्यो
नेपाल भ्रमणमा आउने विदेशी पर्यटक बर्सेनि बढ्दै गए पनि कोरोना महामारीअघिको अवस्थामा भने अझै पुग्न सकेको छैन । पछिल्लो पाँच वर्षको तथ्याङ्कले पर्यटन पूर्वाधारको विकास, पर्यटकीय गन्तव्यको प्रचारप्रसार, अन्तर्राष्ट्रिय स्रोत बजारमा नेपाल प्रवर्धन र पर्यटन विकासका दीर्घकालीन नीति तय नहुँदा कोरोना महामारीपछि अपेक्षित पर्यटक नेपाल भित्रिन नसकेको देखाएको छ ।