• २७ पुस २०८२, आइतबार

‘संस्कृतिमाथिको विखण्डन रोकिनु जरुरी’

blog

नारायणगढ, पुस २७ गते । कविडाँडा साहित्य समाज चितवनको आयोजनामा ‘थारू समाज संस्कृति र साहित्य’ विषयक कार्यशाला गोष्ठीमा वक्ताहरूले संस्कृतिमाथिको विखण्डन रोक्न आग्रह गरेका छन् । लेखक नीलम कार्की निहारिकाले संस्कृति र साहित्य एकापसमा परिपूरक भएको बताउनुभयो । “साहित्य संस्कृतिसँग जोडिएको छ । संस्कृति नबुझी साहित्य लेख्न सकिँदैन,” उहाँले भन्नुभयो । उहाँले इतिहासप्रति नेपालीको रुचि नहुँदा दुःख लागेको धारणा व्यक्त गर्नुभयो । 

चितवनको इतिहासबारे अध्यक्षता प्राडा थोमसरमण टनले थारूलाई बाहिर राखेर चितवनको इतिहास अपूरो हुने बताउनुभयो । “चितवनका थारूको  वन, नदी र हावासँगको इतिहास बोकेको छ । यो जनतासमक्ष पु¥याउन जरुरी छ,” उहाँले भन्नुभयो । डा. सञ्जय महत्तोले थारू समुदाय ज्ञान र सिपमा धनी भए पनि मौलिकता सङ्कटमा परेको बताउनुभयो । “विद्यमान थारू संस्कृति प्रकृतिमा आधारित सनातन हिन्दु संस्कृति हो । जङ्गल, खोला, माटो तथा कृषि औजार पुज्ने थारूको परम्परा हो,” उहाँले भन्नुभयो ।

कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीले आधुनिकता र आयातित संस्कृतिले थारू समाजमा पनि प्रभाव पारेको धारणा राख्नुभयो ।