अर्थमन्त्री रामेश्वर खनालले जलविद्युत् कम्पनीलाई बत्ती बलेपछि मात्रै आइपिओ अनुमति दिन अहिले नै रोक्नु नपर्ने धारणा राख्नुभएको छ । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनमा यस्तो सुझाव दिइएको भए पनि त्यससम्बन्धी कानुन बनि नसकेकाले सुझावकै आधारमा सेयर निस्कान अनुमति रोक्न नमिल्ने बताउनुभएको स्वतन्त्र ऊर्जा उत्पादकका संस्था नेपाल (इप्पान) ले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुर, रौतहटले रौतहटको तीन ठाउँमा यात्रु सहायता कक्ष सञ्चालन गरेको छ ।
चाडपर्व नजिकिँदै गर्दा बागलुङमा यात्रु सहायकता कक्ष स्थापना गरिएको छ । नेपालीहरुको महानचाड बडादसैँ, तिहार र छठ पर्व नजिकिएसँग सोमबारबाट बागलुङका चार स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।
चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानीसँग जोड्ने कोदारी राजमार्ग सोमबार दिउँसोदेखि सञ्चालनमा आएको छ । सडक सञ्चालनमा आएसँगै नाकामा रोकिएका सयौँको सङ्ख्यामा रहेका दसैँका लागि सामानले भरिएका कन्टेनर ल्याउने प्रक्रिया सुरु भएको छ ।
गुल्मीबाट माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) को मौका (पूरक) परीक्षाका लागि ८६६ जना परीक्षार्थी सहभागी हुँदै छन् ।
बङ्गलादेशबाट कच्चा जुट आयात गरी प्रशोधनपछि तयारी वस्तु भारतमा निर्यात गर्दै आएका नेपाली उद्योग सङ्कटमा परेका छन् । बङ्गलादेशले कच्चा जुटको निर्यातलाई अघोषित रूपमा प्रतिबन्ध लगाएपछि त्यसको मारमा नेपालका उद्योग परेका हुन् ।
ताप्लेजुङको फुङलिङ नगरपालिका ६ स्थित बाँजोगरामा आगलागीबाट मतान घर जलेर नष्ट हुँदा पाँच लाखभन्दा बढीको क्षति भएको छ ।
जेनजी आन्दोलनको उग्रताले ध्वस्त पारेका दमौलीका सरकारी कार्यालयहरू अझै जलेका भित्ता र चिरिएका बोर्डसहित घाइते देखिन्छन् ।
नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ र बिक्रीदर १४१ रुपियाँ ६० पैसा निर्धारण गरिएको छ ।
हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ भने स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मङ्गलबार दिउँसो कोशी प्रदेशलगायत पहाडी भूभागमा साधारणतया मौसम बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ ।
निर्वाचन आयोगले मतदाता नामावली सङ्कलनको कानुनी अड्चन हटाउन गृह मन्त्रालयलाई संशोधनको मसौदा प्रस्ताव गरेको छ । निर्वाचनको मिति घोषणा भएपछि सो निर्वाचन प्रयोजनका लागि मतदाता नामावली सङ्कलन नगरिने कानुनी व्यवस्था छ । निर्वाचनको मिति भदौ अन्तिम साता घोषणा भए पनि आयोगले गत चैतयता नामावली सङ्कलन गरेको छैन ।
राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनपछि नयाँ सरकार बनेको र निर्वाचनसमेत घोषणा भएको अवस्थामा समाजका विभिन्न क्षेत्रका व्यक्ति, समूह, दलका नेताबाट घृणाजन्य अभिव्यक्ति आइरहेको अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफू शासन गर्न नभई सहयोग गर्न आएको बताउनुभएको छ । सोमबार शपथपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै उहाँले जेनजी आन्दोलनको मुद्दालाई आत्मसात् गर्दै सुशासन र चुस्तदुरुस्त सेवालाई प्राथमिकता दिने बताउनुभएको हो । म
राष्ट्रपति रामचन्द्र पौडेलले चार जना मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा नेपालको संविधानको धारा ८० बमोजिम नियुक्त चार मन्त्रीलाई राष्ट्रपति पौडेलले सोमबार शपथ गराउनुभएको हो ।
जेनजीको आन्दोलनका क्रममा नेपाली कांग्रेसका १३१ नेताका घरमा आगजनी र तोडफोड भएको छ । भदौ २४ गते प्रदर्शनकारीले सानेपास्थित केन्द्रीय कार्यालय र ४८ जिल्लाका पार्टी कार्यालयमा तोडफोड र आगजनी गरेका हुन् ।