कपिलवस्तुको बुद्धभूमि नगरपालिका –२ गोरुसिङ्गेमा रहेको शिवशक्ति आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो पोसाक वितरण गरिएको छ ।
मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसंघीय कार्यालय (ओसिएचए) का प्रवक्ता जेन्स लार्केले जनवरी-९ मा सुडानमा द्वन्द्व सुरु भएको एक हजार दिन बितिसकेको चेतावनी दिँदै हाल दुई करोड १० लाख भन्दा बढी मानिसले तीव्र खाद्य असुरक्षाको सामना गरिरहेको जनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा पूर्वसांसद् असिम शाह मुलुक निर्वाचनमा केन्द्रित भएको बताउनुभएको छ।
उज्यालो नेपाल पार्टीले कुलमान घिसिङलाई अध्यक्ष नियुक्त गरेको छ । उज्यालो नेपालले घिसिङ अध्यक्ष बनेको औपचारिक जानकारी दिन शनिबार पत्रकार सम्मेलन गर्दैछ ।
नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठ पनि पार्टीको विशेष महाधिवेशनमा सहभागी हुनु हुने भएको छ ।
नेपाली कांग्रेसले पार्टीका नेता एवं पूर्वमन्त्री होमनाथ दाहालको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा दुई हजार ४९१ जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ।
उत्तरी भारतीय राज्य हिमाचल प्रदेशमा भएको सडक दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या बढेर १४ पुगेको अधिकारीले शनिबार बताएका छन् ।
सिरियाको सेनाले शनिबार अलेप्पोको एक छिमेकमा कुर्द सेनासँग भिडन्त भएको र आत्मसमर्पण गर्ने आह्वानलाई बेवास्ता गरे पनि उसले यस क्षेत्रमा नियन्त्रण गुमाएको बताएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खनिज पदार्थको लागि धनी डेनिस स्वायत्त क्षेत्र ग्रीनल्याण्ड कब्जा गर्न बल प्रयोग गर्न सुझाव दिएपछि ग्रीनल्याण्डका राजनीतिक दलले यसको विरोध गरेका छन् ।
पार्टी सभापति रवि लामिछानेको निर्देशानुसार पार्टी सचिवालयको आकस्मिक बैठक भर्चुअल बैठक सुरु भएको प्रवक्ता मनिष झाले जानकरी दिनुभयो।
कृषि तथा पशुपक्षी मन्त्री डा मदनप्रसाद परियारले रेशम उद्योगले ग्रामीण आयआर्जन तथा रोजगारी सिर्जनामा महत्त्वपूर्ण योगदान दिने बताउनुभएको छ।
नेपाल निजामती कर्मचारी सङ्गठनको केन्द्रिय अध्यक्ष भवानी न्यौपाने दाहालले ट्रेड युनियन कसैको बक्सिस नभएको बताउनु भएको छ । उहाँले पार्टीको तर्फबाट लोकतन्त्र सफल नभएपछि जागिर धरापमा राकेर सडकमा आएर आन्दोलन सफल बनाएकाले प्राप्त ट्रेड युनियन भएको बताउनुभयो ।
नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले कठिन परिस्थिति र ठुलो क्षतिका बाबजुद पनि नेपाल प्रहरी नागरिकको सुरक्षाका लागि निरन्तर खटिएको बताउनुभएको छ।
भेनेजुएलाले शुक्रबार अमेरिकासँग कूटनीतिक सम्बन्ध पुनः स्थापनाका लागि वार्ता सुरु गरेको जनाएको छ ।