• २७ पुस २०८२, आइतबार

भारतको हिमाचल प्रदेशमा सडक दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो

blog

नयाँदिल्ली, पुस २६ गते । उत्तरी भारतीय राज्य हिमाचल प्रदेशमा भएको सडक दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या बढेर १४ पुगेको अधिकारीले शनिबार बताएका छन् । अधिकारीहरुका अनुसार दुर्घटनामा ४० जना यात्रु घाइते भई उपचारका लागि विभिन्न अस्पतालमा भर्ना भएका छन् भने घाइते मध्ये केहीको अवस्था गम्भीर छ ।  

हिमाचल प्रदेशको राजधानी शिमलाबाट करिब १४२ किलोमिटर दक्षिणपूर्वमा सिरमौर जिल्लाको हरिपुरधार गाउँमा शुक्रबार एयटा यात्रु बहाक बस सडकबाट चिप्लीएर ५०० मिटर गहिरो खोल्सामा खसेर दुर्घटनाग्रस्त भएको जनाइएको छ ।  

अहिलेसम्म १४ जनाको मृत्यु भएको पुष्टि भएको छ । धेरै व्यक्तिहरु अस्पतालमा गम्भीर अवस्थामा रहेको स्थानीय सरकारका मन्त्री जगत सिंह नेगीले बताउनु भएको छ । बसमा ६६ जना यात्रु सवार थिए । बस सोलनबाट हरिपुरधार जाँदै गर्दा दुर्घटना भएको थियो । दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको भारतको अल इन्डिया रेडियोले जनाएको छ । रासस/सिन्ह्वा