• २७ पुस २०८२, आइतबार

पाकिस्तानले पोलियो विरोधी अभियान अन्तर्गत चार करोड ५० लाख भन्दा बढी बालबालिकालाई खोप दिँदै

blog

इस्लामावाद, पुस २६ गते । पाकिस्तानले सन् २०२६ फेब्रुअरी २-८ सम्म चल्ने राष्ट्रव्यापी पोलियो उन्मूलन अभियान अन्तर्गत चार करोड ५० लाख भन्दा बढी बालबालिकालाई खोप लगाउने तयारी गरेको स्वास्थ्य अधिकारीले शनिबार बताएका छन् । 

देशको आपतकालीन स्वास्थ्य सेवा सञ्चालन केन्द्रले खोप टोलीले पाँच वर्ष मुनिका बालबालिकालाई पोलियो खोप दिनका लागि एक हप्ता लामो अभियान देश भरि सञ्चालन गर्ने बताएको छ । यो अभियान पाकिस्तान र छिमेकी अफगानिस्तानमा एकै साथ पोलियो भाइरस प्रकोप रोक्न समन्वित सीमापार प्रयासको एक हिस्साको रूपमा आयोजना गरिने छ, केन्द्रले जनाएको छ ।

राष्ट्रव्यापी रूपमा घर-घर खोप र सम्बन्धित गतिविधि सञ्चालन गर्दै चार लाख भन्दा बढी कामदार अभियानमा सहभागी भएको जनाइएको छ । अधिकारीले आफ्ना बच्चालाई पोलियो भाइरसका कारण हुने आजीवन अपाङ्गताबाट जोगाउन खोप टोलीलाई सहयोग गर्न अभिभावकलाई आग्रह गर्दै पोलियो खोपको साथमा नियमित बाल्यकालमा आवश्यक खोप पूरा गर्ने अभिभावकलाई आग्रह गरेका छन् । रासस/सिह्न्वा