• २७ पुस २०८२, आइतबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

blog

काठमाडौँ, पुस २६ गते । नेपाली कांग्रेसको आकस्मिक बैठक बस्दै छ  । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाइएको जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठक शनिबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकमा केन्द्रीय पदाधिकारी, सदस्य, आमन्त्रित सदस्यहरुका साथै सातवटै प्रदेवका सभापतिहरुलाई बोलाइएको छ ।