• २७ पुस २०८२, आइतबार

राष्ट्रपति रनिङ शील्डको उपाधी नेपाल आर्दश माविलाई

blog

राष्ट्रपति रनिङ शिल्ड उचाल्दै नेपाल आर्दश माविको टिम । तस्बिरः नारद कोहार

नारद कोहार
तौलिहवा (कपिलवस्तु), पुस २६ गते ।
जिल्लाको शिवराज नगरपालिकामा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी नेपाल आदर्श माध्यमिक विद्यालय, शिवपुरले जितेको छ ।

नेपाल आदर्श माविले २५ स्वर्ण, १७ रजत र ३ कास्य पदकसहित ४५ पदक हात पार्दै प्रथम स्थान हासिल गरेको हो । यसैगरी, राष्ट्रिय माध्यमिक विद्यालय, चन्द्रौटाले १३ स्वर्ण, ८ रजत र १० कास्य पदकसहित ३१ पदक प्राप्त गर्दै दोस्रो स्थान हासिल गर्न सफल भएको छ ।

त्यस्तै, प्रकाश माध्यमिक विद्यालय, सुन्दरीडाँडाले ५ स्वर्ण, ८ रजत र ६ कास्यसहित १९ पदक जित्दै तेस्रो स्थानमा चित्त बुझाएको छ ।

विजेताहरुलाई लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री अर्जुन कुमार केसी, नगर प्रमुख अजय थापाले पुरस्कार र प्रमाण पत्र वितरण गर्नुभएको थियो । उहाँले खेलकुदले विद्यार्थीहरूको शारीरिक, मानसिक र नैतिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले अनुशासन, मेहनत र टिमवर्कले मात्रै सफलता सम्भव हुने बताउनुभयो ।

शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापाले नगरपालिकाले खेलकुद विकासलाई प्राथमिकतामा राख्दै आएको बताउनुभयो । उहाँले आगामी दिनमा विद्यालयस्तरका खेलकुद कार्यक्रमलाई अझ व्यवस्थित र प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । खेल संयोजक तथा नगर खेलकुद विकास समितिका अध्यक्ष सन्तोष चौधरीले ५० वटा विभिन्न इभेन्टमा विद्यार्थी खेलाडीहरूले उत्साहजनक सहभागिता जनाएको बताउनुभयो ।