याँ शैक्षिक सत्रमा जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले १७ लाख पाठ्यपुस्तक बिक्री गर्ने लक्ष राखेर प्रदेशका विभिन्न जिल्लामा किताब पुर्याउन सुरु गरेको छ ।
विसं २०७९ चैत १ गतेदेखि रूपन्देहीको तिलोत्तमा नगरपालिकाले गुट्खाजन्य पदार्थको बिक्री वितरणमा रोक लगायो । नगरपालिकाले एक समारोहबिच गुट्खाजन्य पदार्थ निषेध क्षेत्र भनेर घोषणा नै गरिसकेको छ ।
धनुषाधाम नगरपालिका–७, भगवानपुरका किसान शिवनाथ यादव २० वर्षदेखि तरबुजा खेती गर्दै आउनुभएको छ । यसवर्ष उहाँले आठ कट्ठा जमिनमा तरबुजा खेती गर्नुभएको छ ।
महानगरपालिकाले एक हजार ५०० किलोग्राम धानको बिउ ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिनुभयो ।
‘कालिका कप’ पालिका स्तरिय पुरुष भलिबल प्रतियोगिताको उपाधी गलकोट नगरपालिकाले जितेको छ ।
नेपाली राष्ट्रिय टिमको अन्डर–१३ फुटबल खेलाडी दिपेश गुरुङलाई लमजुङ सेवा समिति हङकङले आर्थिक सहयोग गरेको छ । लमजुङको क्व्होलासोँथार गाउँपालिका–३, फुल्म्रोका दिपेश गुरुङको शैक्षिक तथा खेल प्रशिक्षणका लागि समितिले आर्थिक सहयोग गरेको हो ।
कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) ताप्लेजुङको नवनिर्मित भवनको उद्घाटन गरिएको छ ।
भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक महत्त्वको नवदुर्गा देवगणको ‘ङालाकेग (माछा मार्ने)जात्रा मल्लकालीन परिवारलाई दर्साउने जात्रा हो ।
कर्णाली प्रदेशकै ठुलो रारा तालमा आउने विदेशी पर्यटकको सुरक्षाका लागि जिल्लाको ताल्चा विमानस्थल नजिकै अस्थायी पर्यटक प्रहरी पोस्ट स्थापना गरिएको छ ।
जाजरकोट प्रहरीले पहाडी भेगमा अफिम खेती गरेको पत्ता लगाएर नष्ट गरेको छ । आइतबार जाजरकोटको नलगाड नगरपालिका–१ खौला गाउँमा अवैध रूपमा लगाएको अफिम खेती प्रहरीले नष्ट गरेको हो ।
कपिलबस्तुमा बसोवास गर्ने नेटुवा समुदायहरूको परम्परागत सिपलाई व्यावसायिक बनाउन सर्प उद्धार सम्बन्धि सीप विकास तालिम दिइएको छ ।
करिब पाँच महिनापछि हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः सिमेन्टको उत्पादन सुरु गरेको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालमा चालु वर्षको वसन्त यामको आरोहण सुरु भएको छ ।
गुणस्तरीय स्वास्थ्य सेवा सर्वसाधारणलाई प्रदान गरी स्वास्थ्य सेवाको सुनिश्चित गर्ने लक्ष्यका साथ यस जिल्लामा २०७६ साल माघ १९ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको स्वास्थ्य बिमा बोर्ड सम्पर्क शाखा कार्यालय गुल्मीका संयोजक सुवास घिमिरेले जानकारी दिनुभयो ।
कर्णालीका केही जिल्लामा मात्र पाइने बहुउपयोगी वनस्पति काकडसिङ्गीको संरक्षणका लागि सल्यानमा अभियान चलाइएको छ ।