स्थानीयवासीले गैंटी, कोदालो र सम्बल प्रयोग गरी तीन वर्षमा निर्माण गरेको ३२ किलोमिटर सडक सुदूरपश्चिम प्रदेश सरकारले कालोपत्रे गरिदिएको छ ।
यहाँका किसानले सुन्तला खेती गरे वापत करिब एक करोड अनुदान पाएका छन् । कृषि ज्ञानकेन्द्र तनहुँले सुन्तला खेती प्रवद्धन गर्न किसानलाई अनुदान दिएको हो ।
हामी मामाघर जाँदा आमालाई जित्ने भन्दै उकालोमा दौड्दै माथि पुग्थ्यौँ ।
बजेट अभावमा करिब पाँच दर्जन खानेपानी आयोजना बर्सौंदेखि अलपत्र परेका छन् ।
दुई सातादेखि वायुप्रदूषणले गर्दा स्थानीय जनजीवन प्रभावित भएको छ । बिहानदेखि साँझसम्मै तुवाँलो लागेर मौसम खुल्न सकेको छैन । चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र, सामुदायिक वन, राष्ट्रिय वन सबै स्थानमा डढेलोले वन सखाप बनाएको छ ।
गुल्मीको मदाने गाउँपालिका–३, सिर्सेनीकी माया विश्वकर्मा नमुना बस्तीमा चार/पाँच महिना मात्रै बस्नुभयो । घर पाउँदा खुसी नहुने कुरै भएन तर बारी पुरानै गाउँमा थियो । सहरमा जस्तै घरमा मात्रै बसेर मायालाई पुग्थेन ।
गुठिचौर गाउँपालिका वडा नम्बर २ कोल्तेस्थित पर्यटकीय क्षेत्र गुठिचौरमा अवैध रूपमा गिट्टी बालुवा उत्खनन भइरहेको छ । गुठिचौर उपत्यकामा बग्ने खोलाहरुबाट निर्माण व्यवसायीहरुले मनमर्जी रुपमा गिट्टी बालुवा उत्खनन गरिरहेका छन् ।
ढोरपाटन सिकार आरक्षमा सिकार खेल्न वर्षको दुई पटक विदेशी सिकारी नेपाल आउने गर्छन् । यस वर्ष फागुन–चैतको दोस्रो सिकारयाम सुरु भएसँगै ढोरपाटनमा विदेशी सिकारी आउने क्रम सुरु भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित कुमाल भाषा
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत म्याग्दी जिल्लामा चालु आर्थिक वर्ष २०८१/८२ मा रु २१ करोड ५४ लाखको लागतमा आठ वटा योजना कार्यान्वयन भएको छ ।
पश्चिम नवलपरासीस्थित सुनवल नगरपालिका वडा नम्बर १ मा नेपालमै पहिलो सुविधाविहीन बालबालिकाका लागि आवासीय भवनको निर्माणकार्य सुरु भएको छ ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ५ मझौलेका स्थानीयको सामन्य स्वास्थ्य सेवा लिन घण्टौँ हिँड्नुपर्ने समस्याको अन्त्य भएको छ । गाउँमा नै आधारभूत सामुदायिक स्वास्थ्य सेवा सञ्चालनमा आएपछि स्थानीयको समस्या हटेको हो ।
खानेपानीको चरम अभाव झेलिरहेको बस्ती झ्याल्टुङ डाँडामा खानेपानी पुगेपछि बसाइँ सर्ने क्रम रोकिएको छ ।
जब चैतेदसैँ आउँछ अनि सम्झिइन्छ, उही पुरानो गीत ‘आँटेको पु-याइदेउ रेशम बागलुङ कालिका...’, २०५४ सालतिर गायक शुभराम भारी र गायिका बिमाकुमारी दुराले यो गीत गाउनुभएको थियो ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले शिक्षा ऐन तत्काल पारित गरी शिक्षकले उठाएका जायज मागलाई यथाशिघ्र वार्ता र संवादमार्फत सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ ।