व्यास नगरपालिका–१ मा पहिरोले पाइप बगाउँदा खानेपानी वितरण अवरुद्ध भएको छ । व्यास–१३ मा पर्ने खिरखादी मुहान नजिकै माथिबाट आएको पहिरोले करिब ४० मिटर जिआइ पाइप बगाएपछि पानी वितरण प्रभावित भएको हो ।
नाग्मदेखि गमगढी क्षेत्रको ९३ किलोमिटरमा आर्थिक वर्ष २०८०-०८१ मा ६ किलोमिटर कालोपत्र भए पनि बजेट अभावका कारण आर्थिक बर्ष २०८१-०८२ मा कालोपत्रे तथा स्तरवृद्धि हुन सकेन ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार राति भएको खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले हरायो । भारतले यसअघि समूह चरणमा पनि पाकिस्तानलाई सात विकेटले हराएको थियो ।
दसैँ आएपछि सप्तरीको रुपनी गाँउपालिकाले रातिको समयमा पनि बाटो मर्मत गर्न थालेको छ ।
इलाम नगरपालिका –१ साँखेजुुङका ४५ वर्षीय प्रकाशचन्द्र राईले ४० वर्षीया पत्नी टीका मुखियालाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका छन् ।
रौतहटको दुर्गा भगवती गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२–८३ का लागि ४३ करोड ६१ लाख २६ हजार १७ रुपियाँ ८८ पैसाको बजेट प्रस्तुत गरेको छ ।
होत्तरी जिल्लाको मटिहानी नगरपालिकाको वडा २ को कामकाज अहिलेसम्म सुचारु हुन सकेको छैन ।
उत्तरी गोरखामा केही दिनदेखिको वर्षाले बेनिघाट–लार्के सडक अवरुद्ध भएको छ ।
नेपाल श्रीलङ्कामा जारी यु–१७ साफको सेमिफाइनलमा प्रवेश गरेको छ ।
युवा पुस्ताको आन्दोलका क्रममा कैलाली कारागारबाट भागेका एक कैदी अछाममा सोमबार पक्राउ परेका छन् । व्यक्ति हत्यामा कैद सजाय भुक्तान गरिरहेका चौरपाटी गाउँपालिका –५ खातीगाउँ निवासी ३० वर्षीय प्रेम दमाईलाई प्रहरीले घरबाट पक्राउ गरेको हो ।
मुलुकको सङ्घीय राजधानी काठमाडौँबाट चाडपर्व मनाउनका लागि पछिल्लो पाँच दिनमा एक लाख ८९ हजार २१८ यात्रु बाहिरिएका छन् ।
भारतीय र नेपाली फिल्मकर्मीको सहकार्यमा फिल्म ‘मोना लिसा (ब्लडी लभ) निर्माण हुने भएको छ। घटस्थापनाको अवसर पारेर निर्माण युनिटले सो फिल्म निर्माणको घोषणा गरेको हो।
नवनियुक्त मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम ३ बजेका लागि तय भएको छ । यसअघि २ बजेका लागि तय भएको सो समय एक घण्टा ढिलो सारिएको हो ।
नेपालीको मुख्य चाडपर्व दसैँको आगमनसँगै सेताम्मे काँस (कस्यान) फुलेको छ। बागमती, राप्ती नदी र खोलानालाको तटीय क्षेत्रमा बगर नै ढाक्ने गरी सेताम्मे फुलेको काँसले प्राकृतिक सौन्दर्य बढाएको छ।
दशैंको नवरात्र सुरु भएसँगै बैतडीका डाँडा, पाखा र वनजंगल देवी–भक्तिको सुगन्धले परिपूर्ण हुन थालेका छन् ।