• २६ पुस २०८२, शनिबार

स्याङ्जाका अधिकांश प्रतिनिधि विशेष महाधिवेशनको पक्षमा

blog

नेपाली कांग्रेस स्याङ्जाको पार्टी कार्यालय । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे
वालिङ (स्याङ्जा), पुस २६ गते ।
स्याङ्जाका बहुमत प्रतिनिधि विशेष महाधिवेशनको पक्षमा खुलेका छन् । दुई निर्वाचन क्षेत्र रहको स्याङ्जामा ५२ जना प्रतिनिधिमध्ये ३२ जना खुलेका हुन् ।

विशेष महाधिवेशन माग गर्दै स्याङ्जाका २९ जनाले हस्ताक्षर गरेका थिए । जसमा तीन जना थपिएका नेपाली कांग्रेस स्याङ्जाका सचिव तथा महासमिति सदस्य गुरुप्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “थपिने क्रम जारी छ महाधिवेशन सुरु हुँदासम्म यसमा पाँच/सात जना थपिने छन् ।” स्याङ्जामा सचिव भट्टराईले विशेष महाधिवेशनका लागि तयारी तथा संयोजन गर्दै आउनुभएको छ ।

यसअघि विशेष महाधिवेशन माग गर्दै क्षेत्र नं. १ बाट १८ जना र क्षेत्र नं. २ बाट ११ जनाले हस्ताक्षर गरेका थिए । 

विशेष महाधिवेशनको पक्षमा लाग्नेहरु मध्ये पूर्व उपसभापति गोपालमान् श्रेष्ठका नजिकका व्यक्तिहरु समेत रहेका छन् ।

जिल्ला सभापति तथा निवर्तमान् सङ्घीय सांसद राजु थापा तथा पूर्व प्रदेश सांसद समेत रहनु भएका युवा नेता भागवत प्रकाश मल्ल भने यो विषयमा मौन हुनुहुन्छ ।

यस्तै युवा नेता विष्णु पौडेल पनि विशेष महाधिवेशनको पक्षमा खुलेर नै लाग्नु भएको छ । युवापुस्तामा पार्टी र यसको नेतृत्व जानु पर्ने भन्दै आफू जेनजीको भावन अनुसार सक्रिय रहेको उहाँको भनाइ छ ।