टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी), पुस २६ गते । गुल्मीको इस्मा गाउँपालिकाको राष्ट्रपति रनिङ्ग शिल्ड रामराज्य माविले जितेको छ । १४ स्वर्ण, सात रजत र १६ कास्य गरेर ३७ पदक सहित रामराज्य मावि प्रथम बनेको हो ।
त्यस्तै १० स्वर्ण, १२ रजत र सात कास्य गरेर २९ पदकसहित पालुखा मावी द्वितीय र आठ स्वर्ण, आठ रजत र पाँच कास्य गरेर २१ पदकसहित ठाढुङ्गा मावी तृतीय भएको इस्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पराजुलीले जानकारी दिनुभयो ।
इस्मा गाउँपालिका–१ को जैढुङ्गा बिपि पार्कमा पुस २३–२५ गतेसम्म सञ्चालन भएको गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा १२ विद्यालयको सहभागीता रहेको थियो ।
त्यस्तै उत्कृष्ट मार्चपास ठाढुङ्गा माविले प्रस्तुत गतेको थियो । उत्कृष्ट विद्यालय र खेलाडीलाई इस्मा गाउँपालिका प्रमुख भगतसिह खड्काले शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गर्नु भएको थियो । सोही अवसरमा बोल्दै खड्काले खेलमाबसहभागी सबै विद्यालय, खेलाडी, शिक्षक तथा व्यवस्थापन टोलीप्रति हार्दिक धन्यवाद दिनुभयो ।
खेलकुदले विद्यार्थीको अनुशासन, एकता र नेतृत्व क्षमताको विकास गर्ने तथा प्रतिस्पर्धाले नयाँ शक्ति निर्माण गर्ने भएकाले उपबिजेताले आफुलाई अझ बलियो बनाउन आग्रह गर्नुभयो ।