मालिकका मालिकै छन्, गुसाइँका गुसाइँ छन् जसाई तन्त्र आया पनि मेरा दुःख उसाई छन् बैतडीको सुर्नया गाउँपालिका–३, सिराड–भगुल्टे सामुदायिक वनमा दलित समुदायलाई रोक लगाइएको छ। सामुदायिक वनमा दलितलाई रोक लगाइएपछि स्थानीय दलित अगुवा जयराम लोहारले डेउडाको लयमा यिनै गी
म्याग्दीको रघुगङ्गा गाउँपालिकाले विभिन्न ५१ वटा योजनाहरूमा एक करोड ८५ लाख रुपियाँ थप बजेट विनियोजन गरेको छ । सोमबार सम्पन्न १४ औँ गाउँ सभा मार्फत पालिकाको नगद मौज्दात रहेको बजेटबाट विभिन्न योजनाहरूको लागि बजेट विनियोजन गरेको गाउँपालिकाका प्रवक्ता मनकुमार शेरपुञ्जाले जानकारी दिनुभयो ।
परम्परादेखि नै ग्रामीण महिलाको प्राकृतिक स्रोतसँग अन्योन्याश्रित सम्बन्ध रहिआएको छ। वनजङ्गल महिलाका जीवनको अभिन्न अङ्ग हुन्। कृषि पेसासँग आबद्ध महिला घाँसदाउरा, स्याउला, जडीबुटीजस्ता वन पैदावारमा निर्भर मात्र रहेका छैनन्; बरु उनीहरू वनजङ्गल र वातावरण संरक्षण एवं व्यवस्थापनजस्ता गहन जिम्मेवारी लिनसमेत विगतदेखि तयार भएर आएका छन्।
सरकारको नारा छ, ‘बिहेबारी बीस वर्षपारि’ यद्यपि कर्णालीमा २० वर्षभन्दा कम उमेर समूहका महिलाको गर्भपतन सङ्ख्या वृद्धि हुँदै छ। स्वास्थ्य सेवा निर्देशनालयले दिएको जानकारीअनुसार गर्भपतन गराउनेको सङ्ख्यामा तुलनात्मक रूपमा वृद्धि भएको छ। कर्णालीमा २० वर्षभन्दा कम उमेरका २१ प्रतिशतले असुरक्षित गर्भपतन गराउने गरेका छन्।
खार्पुनाथ गाउँपालिकाले आफ्नो हिउँदे गाउँ सभाबाट १७ वटा कानुन निर्माण गरेको छ। सभाले ऐन, नियम, नियमावली र निर्देशिका पारित गर्दै कानुनी बाधा अड्चनसमेत फुकाएको छ। गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले हिउँदे गाउँ सभाले गाउँपालिकाका लागि आवश्यक ऐन, कानुन पारित गर्न सफल भएको बताउनुभयो।
बागलुङमा मानव अघिकार उल्लङ्घनका घटनामध्ये सबैभन्दा बढी नाबालिका बलात्कृतका घटना सार्वजनिक भएका छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले मानव अधिकार वर्ष पुस्तक–२०२३ का लागि तयार गरेको घटना विवरणमा सो तथ्य उल्लेख गरिएको छ। इन्सेक बागलुङ जिल्ला प्रतिनिधि सिर्जना पन्तका अनुसार पछिल्लो छ महिनामा बालबालिकामाथि भएको मानव अधिकार उल्लङ्घनका २२ वटा घटनामध्ये १८ वटा नाबालिका बलात्कारका घटना छन्।
अर्जुनचौपारी र फेदीखोला गाउँपालिकाको कार्यालय भवन निर्माणका लागि सम्झौता भएको एक वर्ष म्याद गुज्रिँदा पनि निर्माण कार्यमा ढिलासुस्ती भएको छ। दुवै गाउँपालिकाको कार्यालय भवन निर्माणको जिम्मा लिएको किराँतेश्वर कन्स्ट्रक्सन ब्रिलिङ कम्पनी सुकेधारा काठमाडौँले भवन निर्माणमा ढिलाइ गरेको हो।
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीले आफूहरूलाई नबोलाएपछि पोखरा भ्रमणमा आएको बताएका छन्। आइतबार बिहानदेखि फोन आउँछ भनी बसेका थियौँ आएन, अन्ततः गठबन्धन टुट्यो, अब पछुताउनुबाहेक केही बाँकी नरहेको उहाँहरूले बताउनुभएको हो । “व्यक्तिगत रूपमा म नढाँटी भन्छु, बिहानदेखि मैले सभापतिको फोन कुरिरहेको थिएँ। उहाँले ‘कल’ गर्नुभएन,” थापाले भन्नुभयो।
रोल्पा–दाङ सडकखण्डको ग्वार खोलामा ढुङ्गा बिछ्याएर हिउँदे पुल तयार पारिएको छ। मध्यदाङको बिजौरी, श्रीचौर हुँदै रोल्पाको होलेरी दहवन र सल्यान जोड्न ढुङ्गा बिछ्याएरै हिउँदे पुल बनाएका छन्। तुलसीपुर उपमहानगरपालिका क्षेत्रमा पर्ने खोलामा पालिकाकै बजेटबाट पुल निर्माण गरे पनि रुन्टीगढी गाउँपालिका–८, रानीबास क्षेत्रमा ग्वार खोलाको पानीको बहाव बढेकाले यातायातका साधन सञ्चालनमा कठिनाइ हुँदै आएको छ।
पुथाउत्तरगङ्गा गाउँपालिका–१२ कोल र सिस्ने गाउँपालिका–५, देउरालीमा रहेका गुफाहरू उचित प्रचारप्रसारको अभावमा ओझेलमा परेका छन्। ऐतिहासिक तथा धार्मिक महìव बोकेका उक्त गुफाहरू रहस्यमय अवस्थामा छन्। ती गुफाभित्र विभिन्न आकृतिका आश्चर्यचकित पार्ने मूर्तिहरू रहेका छन्। मूर्तिहरू देखेर गुफामा पुग्ने जो कोही पनि आश्चर्यमा पर्ने गर्छन्। यी गुफाहरू स्थानीय सरकार र सरोकारवालाले ध्यान नदिँदा धार्मिक पर्यटकको रोजाइमा पर्न सकेको छैनन्।
पाल्पाको निस्दी गाउँपालिकाका बालबालिकामा उमेर नपुगी विवाह गर्ने समस्या बढदै गएको छ। बाल विवाह न्यूनीकरणका लागि पालिका तथा सम्बद्ध निकायबाट विभिन्न प्रयास भए पनि त्यसले सार्थकता पाउन सकेको छैन। मोबाइल फोनको दुरुपयोगले बाल विवाह गर्ने किशोर–किशोरीको सङ्ख्या बढेको हो। आधारभूत तहमा अध्ययन गर्ने किशोर–किशोरीले मोबाइलको प्रयोग गर्न थालेपछि सो समस्या बढेको लक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापक पदमबहादुर थापाले बताउनुभयो।
पृथ्वीमा खसेपछिको बिहान जुलियान डिलरको आँखा खुल्यो पेरुको सघन वर्षा वनमा, उनीलाई त्यस अवस्थामा आफूमाथि नै विश्वास थिएन । अघिल्लो दिन अपराह्न अर्थात् सन् १९७१ मा क्रिसमसको पूर्वसन्ध्यामा १७ वर्षीया जुलियान र उनकी आमा युकाली नदीसँगै बसेको बन्दरगाह सहर पाकल्पा जान लिमाबाट उडान भर्ने विमानमा सवार भए । उनीहरूको गन्तव्य थियो अमेजनको मध्यमा रहेको जैविक अनुसन्धान केन्द्र प्याङ्गआना । जहाँ उनी कहिले आफ्नो आमा मारिया त कहिले बुवा हान्स विल्हम काओक्पीका साथमा तीन वर्ष बसेकी थिइन् । उनका बावुआमा दुवै प्राणीविज्ञान विज्ञ थिए ।
भनिन्छ, राजनीति सम्भावनाको अनुपम खेल हो। यो भनाइ नेपालको राजनीतिमा आइतबार प्रमाणित भएको छ। नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले आम निर्वाचनपूर्व नै गठबन्धन गरेर निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए। यो गठबन्धनलाई बहुमत नजिक जनादेशसमेत प्राप्त थियो। बहुमतको सँघारमा रहेको पाँच दलीय गठबन्धनले नयाँ सरकार बनाउने लगभग निश्चितप्रायः नै थियो र गठबन्धनमा छलफल जारी नै थियो। केही दल र स्वतन्त्र सांसदको सहयोगका निम्ति गृहकार्य भएको थियो। सहमति भइनसके पनि आइतबार दिउँसोसम्म गठबन्धनकै सरकार बन्छ भन्नेमा विश्वास थियो।
शासन प्रणाली र योगको बारेमा कमै बहस हुने गरेको छ। नेपाल अथाह सम्भावना भएको पवित्र पावनभूमि हो। पूर्वीय दर्शनको ओतप्रोत रहेको यसको संस्कृति विश्वको सर्वश्रेष्ठ संस्कृति हो। हामी वैदिक संस्कृतिका अनुयायी हौँ। यस भूमिमा जन्मन पाउनु नै अहोभाग्य हो। यसै भूमिबाट हामीले मानवको वास्तविक मुक्तिको बिगुल फुक्ने र आफू पनि मुक्त बन्ने हो। यसका लागि देशको शासन प्रणाली पनि सहायक बन्नु पर्छ। वैदिक संस्कृतिमा आधारित शासनले मात्र मानवको समग्र विकासलाई मार्गदर्शन गर्न सक्ने देखिन्छ। विश्वभर नै वैदिक संस्कृतिप्रति आकर्षण बढ्नु यसैको प्रमाण हो। अहिले सबैतिर देश बिग्रिएको र यसको प्रधान कारण कुशासनलाई औँल्याउने गरिएको छ। कुशासन राजनीति, प्रशासन, समाज, बजार, नागरिक समाजलगायतका सबै क्षेत्रमा रहेको दृष्टान्त आमसञ्चारका माध्यमहरूबाट दैनिक रूपमा पाउन सकिन्छ। शासनका पात्ररूपी मानिस इमान, जमान र आत्मिक सत्यबाट टाढिएका छन्। आत्माको शान्ति र सत्यलाई बाहिरी चेतनाले ढाकेको छ। समग्रमा शासन आत्मा हराएर बेहोसी भएको देखिन्छ।
सयौँ थुँगा फूलका हामी एउटै माला नेपाली ... सबैलाई थाहै छ, यो २०६४ साल साउन १८ गतेदेखि लागू गरिएको र नेपालको संविधानमा पनि आधिकारिक मान्यता दिएको हाम्रो नयाँ राष्ट्रिय गान हो। व्याकुल माहिलाद्वारा रचित यस गानमा अम्बर गुरुङको सङ्गीत र समावेशी ढङ्गले चुनिएका जम्मा बीस जना गायक÷गायिकाको स्वर छ। आवश्यक विधि–प्रक्रिया पूरा गरेर छानिएको यस गानमा रहेका शब्द, यसले बुझाउने अर्थ र यसले बोकेको राष्ट्रिय भावनामाथि हामी सामान्य नागरिकले प्रश्न उठाउने कुरै भएन। यद्यपि कतिपय विद्वान्ले यसमा प्रयुक्त केही शब्दलाई लिएर फरक मत राख्ने गरेका छन्